देशपाेष्ट/काठमाण्डाैं । तपाईंको राशि अनुसार आजको दिन कस्तो रहेको छ ? हेरौं राशिफलः
१) मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
२) वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
३) मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
४) कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ ।
५) सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि मिल्नेछ ।
६) कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
७) तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ
८) वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
९) धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ
१०) मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।
११) कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ ।
१२) मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]