• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / राजनीति

नेकपा सचिवालय बैठकमा ओली पक्ष नजाने

२ मंसिर २०७७, मंगलवार ०८:०४ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • १०८९ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बुधबार बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी नहुने भएको छ । ओली पक्ष सहभागी नहुने भएपछि नेकपाको सचिवालय बैठक  बस्‍ने-नबस्‍ने टुङ्गो नभएको स्रोतले बताएको छ ।

    पार्टीभित्र उत्पन्‍न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको प्रचण्ड पक्षको आरोप छ । ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको उनीहरुको भनाई छ ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो । सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए । धुम्बाराही बैठकलाई ओली पक्षले ‘प्रचण्ड–नेपालको गुटको भेला’ भन्दै अपमान गरेपछि प्रचण्डसमेत पाँचैजना नेता बालुवाटार पुगेर ४८ घण्टाभित्र पार्टी बैठक बोलाउन लिखित अनुरोध गरेका थिए ।

    प्रचण्ड–नेपाल पक्षको लिखित प्रस्तावलाई तोक लगाउँदै ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन भनेका थिए । सोही आधारमा गत शनिबार ४० मिनेट बैठक बसेर नेताहरु निस्केका थिए । शनिवारको बैठकपछि ओलीले अबको बैठकमा आफुमाथि थप संकट आउन सक्ने भन्दै बैठक छल्ने उपायको खोजी गरिरहेको प्रचण्ड पक्षको दाबी छ । यद्यपि ओली पक्षले यसबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

    तर, शनिबारको ४० मिनेट आफुमाथि प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई छुट्टाछुट्टै भेट गरी कार्यकारी अध्यक्ष प्रचण्डको साथ छाडेर आफुलाई सघाउन आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपाल र गौतम दुवैले अस्वीकार गरिसकेका छन् ।

    प्रधानमन्त्रीले उपप्रधानसहित रोजेको मन्त्रालय लिएर संसदीय दलमा आफुलाई सघाउन गरेको आग्रहलाई गौतमले पार्टी कमिटीमा निर्णय नभएको कुरामा आफुले साथ दिन नसक्ने जवाफ फर्काएका थिए । गौतमको जवाफपछि प्रधानमन्त्रीले पूर्व माओवादीका प्रचण्ड बिरोधी धारमा रहेका केही नेतालाई सम्पर्क गरिरहेको बुझिएको छ ।

    प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा अल्पमत भएपनि संघिय संसदमा बहुमत जुटाउने प्रयास जारी राखेका छन् । नेकपा संसदीय दलमा ओली पक्षको बहुमतको लागि कम्तीमा ८ सांसद चाहिन्छ । जसको लागि बामदेवको साथ पाए लगभग पुग्ने ओलीको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑