देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ नेकपाभित्रको विवाद चर्कंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वी नेपालको भ्रमण स्थगित भएको छ ।
प्रम ओलीले आगामी ५ गते शुक्रबारका लागि ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्साको भ्रमण कार्यक्रम तय गरेका थिए । उनले नेपाल-चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले भ्रमण स्थगन गरेर पार्टी विवाद व्यवस्थापनमा समय दिन चाहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएपछि स्थानीयले तयारी सुरु गरेका थिए । यसका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]