देशपाेष्ट/काठमाण्डाैं । पार्टीको आन्तरिक शक्ति संघर्षका कारण चरम सत्ता संकटमा फसेका प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राति चिनियाँ राजदुत हाउ यान्छीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच झण्डै डेढ घण्टा वार्तालाप भएको बालुवाटार स्रोतले जनाएको हो ।
एउटा पार्टीको आन्तरिक विवादमा देशको राजदूतको खुलेआम दौडधूप भएकाप्रति भने प्रश्न उठ्न थालेको छ । जब जब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरमबिन्दूमा पुग्छ चिनियाँ राजदूत हाउको सक्रियता एकाएक बढ्छ । राजदूत हाउको सक्रियता बढेसँगै नेकपाभित्रको विवादमा पानी खनिने पनि गरेको दृष्टान्त देखिँदै आएको पनि छ ।
नेकपाभित्रै पनि अनेक पटकका विवादमा चिनियाँ राजदूत हाउले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ । नेकपाभित्र नेताहरुको पदीय स्वार्थका लागि भएका झगडामा यसअघि पनि चिनियाँ राजदूत हाउले प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपा शीर्ष नेताहरुलाई भेटेर दबाब दिएकि थिइन् । हाउले त्यसबेला शीतलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्ता गरेकी थिइन् ।
भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी नगराइए पनि पार्टीभित्र पद त्याग्न अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोपसमेत प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा परेका ओलीले आफूलाई सघाउन आग्रह गरेकाेको अनुमान दाहाल पक्षीय नेताहरुको छ । पहिले पहिलेका विवादमा झै यस पटक पनि प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा छन् भने बुधबारका लागि बोलाइएको बैठक गर्न दिने र नदिनेमा दुई पक्षबीच तानातन छ ।
नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत हाउ यसैगरी सक्रिय भएकी थिइन् । १९ गते केन्द्रीय सचिवालयमा ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलगअलग भेटेर ओलीलाई सघाउन दबाब दिएकी थिइन् । यसैगरी असारमा पनि राजदूत हाउले अध्यक्ष दाहाल, नेताहरु नेपाल र झलनाथ खनालसँग भेट गरी विवाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।
यसै पृष्ठभूमिमा हाउले प्रधानमन्त्री ओलीसँग भेट गरेकाले एउटी राजदूतलाई कूटनीतिक मर्यादा लाग्ने कि नलाग्नै प्रश्न दाहाल निकट नेताले गरेका छन् । अरु बेला नागरिक स्वाभीमान, स्वाधीनता र राष्ट्रियताको नारा फलाक्ने अनि आन्तरिक राजनीतिक विवादमा खुलेआम विदेशी चलखेल गराउने उनको आक्रोश पोखे ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]