देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।
गत शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड)ले पेश गरेको राजनैतिक प्रतिबेदनको प्रतिउत्तरको लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा आलीले १० दिनको समय माग गरेपछि अर्को बैठक १३ गते बस्ने गरि स्थगित भएको हो ।
आजको बैठकमा पार्टी महासचिव विष्णु पौडेल आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले पार्टीभित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको बताएका थिए । ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’, बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’
उनले नेकपाभित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएको एक नेताले जानकारी दिए । ‘आरोपपत्रको व्यवस्थित जवाफ दिन्छु । त्यसका लागि १० दिनको समय चाहिन्छ । त्यो समय माग गर्छु’, ओलीले बैठकमा भने ।
ओलीकै मागअनुसार बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो छुट्टै प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।
यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।
प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]