देशपाेष्ट/काठमाण्डाैं । आजको युग बिज्ञान तथा प्रविधिको युग हो । प्रविधिको विकासले हाम्रो जिवन पनि सहज र सरल बनेको छ । प्रविधिको विकास सँगै विश्व आज एउटा सानो गाउँमा रुपान्तरण भएको छ । हरेक चिजहरु डिजिटलाइज्ड हुँदै छन् । प्रविधिको विकास सँगै अनलाइन ठगी तथा साइबर आक्रमणका घटनाहरु पनि बढिरहेका छन् । यी सबै मामिलाको जाँचबाट यो कुरा पत्ता लागेको छ कि धेरैजसो ह्याकर मानिसहरुलाई फेक ईमेल पठाएर आफ्नो शिकार बनाउने गर्दछन् ।
यस्तोमा फेक अर्थात फर्जी ईमेल पहिचान गर्न एकदमै जरुरी छ । आज हामी तपाईंलाई फेक ईमेल कसरी छुट्याउने भन्ने बारेमा केही टिप्स दिँदै छौं ।
शब्दमा दिनुहोस् ध्यान
फेक ईमेल पहिचान गर्न सबैभन्दा पहिला त्यसमा लेखिएका अक्षर, स्पेलिङ तथ ग्रामरलाईई चेक गर्नुहोस् । कतिपय समय फेक ईमेलमा ह्याकरहरुले गलत स्पेलिङ लेखेका हुन्छन् । तर वास्तविक ईमेलमा स्पेलिङ वा ग्रामरमा गल्ती हुँदैन ।
ह्याकरले लिन्छन् लोकप्रिय कम्पनीको सहारा
ह्याकरले दुनियाँका दिग्गज कम्पनीको नामको सहारामा मानिसहरुलाई ठग्ने प्रयास गर्दछन् । यस्तोमा यदि तपाईंसँग पनि कुनै कम्पनीको तर्फबाट ईमेल आएको छ भने त्यसमा दिइएको लिंकमा झुक्किएर पनि क्लिक नगर्नुहोस् ।
यसो गर्दा तपाईंको निजी जानकारी लिक हुन सक्छ वा तपाईंको महत्वपूर्ण विवरण चोरी हुन सक्दछन् । यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने यस्ता ठूला कम्पनीहरुले आम मानिसहरुलाई सोझै ईमेल पठाउँदैनन् ।
यूआरएल चेक गर्नुहोस्
ईमेलमा आएको लिङ्कको यूआरएललाई राम्रोसँग चिन्ने प्रयास गर्नुहोस् । वास्तविक वा सक्कली यूआरएल https बाट सुरु हुने गर्दछ । यदि http मात्र छ भने त्यो तपाईंलाई फसाउन बिछ्याइएको जाल मात्र हो भन्ने बुझ्नुहोस् । त्यसैले https बाट सुरु हुने यूआरएल तथा वेबसाइटको लिङ्क मात्र खोल्ने गर्नुहोस् ।
ईमेलमा आएका अट्याचमेन्टमा क्लिक गर्न नहतारिनुहोस्
धेरैजसो ह्याकरले आफ्नो शिकार बनाउनका लागि फेक ईमेल अट्याचमेन्ट पठाउने गर्दछन् । यस्तोमा अट्याचमेन्टमा झुक्किएर पनि क्लिक नगर्नुहोस् । सुरुमा ईमेल वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाइसकेपछि मात्र अट्याचमेन्टमा क्लिक गर्ने बानी बसाल्नुहोस् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]