देशपाेष्ट/काठमाण्डाैं । मोरङको बेलबारी नगरपालीकाले पूर्ण सरसफाई मार्गदर्शन २०७३ अनुसार नगर भित्रका घरहरुलाई सरसफाईको आधारमा वर्गिकरण गरि स्टिकर वितरण गर्ने कार्यको औपचारिक थालनी गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाका कुमारी पराजुलीलाई सफा स्वच्छ क्षेत्रको प्रतीक हरियो स्टिकर हस्तान्तरण गरी बेलबारी नगरपालिकामा प्रमाणीकरणको थालनी गर्नुभयो ।
“सरसफाइ अभियानका क्रममा हासिल भएका उपलब्धीलाई संस्थागत गर्नुका साथै सरसफाइ प्रत्येक व्यक्तिको सरोकारको रुपमा स्थापित गर्नका लागि यस अनुगमन प्रणालीको थालनी गरिएको हो”, बेलबारी नगरपालिका, वडा नं. ११, मिलनटोलमा आयोजना गरिएको हरियो स्टिकर प्रदान गर्ने औपचारिक कार्यक्रममा अध्यक्ष पोखरेलले भन्नुभयो, “यो घोषणाको विषय नभै समुदायको सरसफाइ तथा स्वच्छतासम्बन्धी वानी व्यवहार परिवर्तनको विषय र समुदाय तथा स्थानीय सरकारको गहन सरोकारको विषय हो ।”
बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाकाकुमारी पराजुलीले पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्रको अवस्थामा पु¥याउने जिल्लाको लक्ष्य कठिन र महत्वाकांक्षी जस्तो देखिए पनि सबै स्थानीय तह, वडा, टोल र घरधुरीले अभियान सञ्चालन गरेर यसलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । “सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ”, उपप्रमुख पराजुलीको भनाइ छ, “यस संवैधानिक हकको सम्मान र रक्षा गर्नुका साथै सरसफाइ र स्वच्छताको माध्यमबाट समृद्धिका लागि पूर्ण सरसफाइ अभियानलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्छ ।”
सरसफाईका ६ ओटा सुचकको आधारमा घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर गाउँस्तरीय पालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ ।जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुनपानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ । हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिने छ।
सरसफाई मापदण्डका आधारमा आंशिक सरसफाई भएको घरलाई निलो र पूर्ण सरसफाई भएको घरलाई हरियो स्टिकर प्रदान गरिने बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाकाकुमारी पराजुलीले जानकारी दिनु भयो ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले कुनै पनि घरधुरीलाई सफा र स्वच्छ क्षेत्र प्रमाणीकरण गर्नका लागि सो घरधुरीले सबै सूचकमा गरी १०० अंक प्राप्त गर्नुपर्ने व्यवस्था जिल्ला सरसफाइ मार्गदर्शनको अनुगमन खण्डमा उल्लेख गरेको छ । सरसफाइका सूचकहरुलाई ६ खण्डमा वर्गीकरण गरी तिनका प्रत्येक उपसूचकहरुलाई समेत अंकभार दिइएको छ, जसका आधारमा सम्बन्धित टोल विकास संस्था वा टोल पूर्ण सरसफाइ व्यवस्थापन समितिले स्वअनुगमन गरी अनुगमन तालिकामा अंक दिंदै जानुपर्ने प्रावधान छ । प्रत्येक अनुगमनका क्रममा अंक दिंदै जाँदा तीन पटकको अनुगमनमा सतप्रतिशत अंक प्राप्त गर्ने घरधुरीले हरियो स्टिकर प्राप्त गर्दछन् , अनुगमन समितिका संयोजक ढाकाकुमारी पराजुलीले बताउनु भयाे ।
पूर्ण सरसफाइका लागि मोरङमा दुईवटा संस्थाले कार्यक्रम गरिरहेका छन् । युएन ह्याबिट्याट र नारी विकास संघले कार्यक्रम गरिरहेका हुन् । खुला दिसामुक्त घोषणा गर्न नै समस्या परेका घरहरूमा हरियो स्टिकर टाँस्न थालिएको युएन ह्याबिट्याट जिल्ला संयोजक विनोद शर्माले बताए ।
उनका अनुसार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको जिल्ला पूर्ण सरसफाइ मार्गदर्शन २०७७ मा सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरेका घरधुरीहरूको अनुगमनपछि स्टिकर टाँस्न थालिएको हो । पाँच वर्षभित्रमा मोरङका १७ वटै स्थानीय तहमा हरियो स्टिकर टाँसेर सक्ने लक्ष्य राखिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]