देशपाेष्ट/काठमाण्डाैं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिका एजेण्डा अपहरणमा परेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाई सार्वजनिक गर्दै डा. भट्टराईले सो कुरा भनेका हुन् ।
उनले माओवादी जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई अवमूल्यन गरेर समाज अघि नबढ्ने बताएका छन् । शान्ति सम्झौताको पूर्ण पाठ पढ्न डा. भट्टराईले नयाँ पुस्तालाई आग्रह गरे ।
शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै पूर्व माओवादी नेता भट्टराईले क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुने टिप्पणी गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहत शान्ति सम्झौता (जसमा मधेश जनविद्रोह लगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि बढ्दैन है ।
नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढुन् । क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ,’ भट्टराईले लेखेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौता(जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है!नयाॅ पुस्ताले शान्तिसम्झौताको पूर्ण पाठ पढून्।क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ! pic.twitter.com/lKntx71xx7
— Baburam Bhattarai (@brb1954) November 20, 2020
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]