देशपाेष्ट/काठमाण्डाैं । पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा १ लाख ९१ हजार २ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज १० हजार ३ सय ४० जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७५३ जना क्वारेन्टाइनमा छन्। नेपालमा २४ हजार ६ सय ६५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
२२ जनाकाे मृत्यु
नेपालमा विगत २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ। यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १७ हजार नजिक पुगेको छ। तीमध्ये एक लाखभन्दा बढी काठमाण्डू उपत्यकामा फेला परेका हुन्।
अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]