• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्थानीय तह

स्वयम्भुमा अत्याधुनिक स्वचालित शौचालय निर्माण

५ मंसिर २०७७, शुक्रबार १९:५२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ७४१ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालय बनेको छ । ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो शौचालयमा महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन पनि छ ।

    स्वयम्भूमा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट ब्यहोरिएको छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट््यांकी राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री छ ।

    शौचालयका सुबिधा स्वचालित प्रविधिमा आधारित छन् । शौचालयको विशेषताका बारेमा जानकारी दिँदै सरसफाइमा काम गर्दै आएको संस्था ‘एरोसान’का राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने, ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’

    शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन -हृयाण्ड ड्रायर) जडान गरिएका छन् ।

    त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।

    नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोष्ट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।

    बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १.५ सिलिन्ंडर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए ।

    यसलाई शौचालय पर्यटनको अवधारणा अनुरुप सञ्चालन, व्यवस्थापन र प्रवर्द्धन गर्न सकिन्छ । अमात्यकाअनुसार यसमा विद्यालयका बिद्यार्थी र पर्यटकहरुलाई सहभागी गराउने सकिनेछ ।  यस स्थानबाट दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भु जाने आउने गर्छन् ।

    काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने बताएको छ । यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्व शौचालय दिवस २०२० को अवसरपारेर शौचालय उद्घाटन गरेका हुन् ।

    प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको स्मरण गराए ।

    ‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए,’ उनले भने, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्छौं ।’

    महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाए । ‘पार्कमा आउने व्यक्तिले १० रुपैयाँ शौचालयमा तिर्नुभन्दा त्यस बराबरको चिया खान्छन् । उनीहरुले त्यागेको दिशापिसाब संकलनबाट बायोग्याँस उत्पादन हुन्छ,’ उनले भन्नुभयो, ‘यसैबाट पार्कमा आउनेहरुका लागि खानेकुरा पकाइन्छ । शौचालय व्यवस्थापनको यो दिगो तरिका हो । यसले स्वयम्भु क्षेत्रको पर्यटक व्यवस्थापनमा नयाँ आयाम थपेको छ ।’

    काठमाडौँ महानगरपालिकाले सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेटोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्ने जस्ता योजना अघि सारेको छ सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले जानकारी दिए ।

    काठमाडौँ महानगरपालिकाले यो आर्थिक वर्ष भित्रमा ३० देखि ४० वटासम्म सौचालय निर्माण गर्ने योजनासहित अघि बढाएको उनले बताए ।

    एरोसानलाई स्वयम्भुसँगै त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक सौचालय निर्माणका लागि प्रक्रिाय अघि बढाउन अनुमति दिएको उनले बताए । गैर आवासीय नेपाली संघसँग कंलकी, कोटेश्वर, महाराजगञ्ज र सिफलमा शौचालय निर्माणको प्रक्रिया अघि बढिसकेको महानगरले बताएको छ । त्यसका लागि सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑