देशपाेष्ट/काठमाण्डाैं । हामीले पुराण तथा धार्मीक पुस्तकहरुमा उल्लेख गएिको अश्वमेध यज्ञको विषयमा पढेको र सुनेका हौंला, केहि धार्मिक टेलिचलचित्र र चलचित्रमा हेरेका पनि हौंला । तर हामी मध्ये धेरैलमई यो यज्ञको विषयमा थाहा नहुन सक्छ ।
नेपाली समाजमा आस्थाको रुपमा रहेको महाभारत र रामायणमा विशेष गरि यो अश्वमेध यज्ञको बारेमा उल्लेख भएको पाइन्छ । रामायणमा मर्यादा पुरुषेत्तम भगवान श्री राम राजा भएपछि अश्वमेघ यज्ञ गरेको र सो यज्ञमा छोडेको घोडा उनका छोराहरु लव–कुशले समाते पछि युद्ध भएको कुरा उल्लेख गरिएको छ भने महाभारतमा पाण्डवहरुले कुरुक्षेत्रमो युद्ध जिते पछि राजा बनेका युधिष्ठिरले यो यज्ञ गरेको उल्लेख छ । वास्तवमा यो अश्वमेध यज्ञ के हो ? र यो कसरी गरिन्छ ? भन्ने धेरैलाई जिज्ञासा लागेको हुन सक्छ । हेरौ अश्वमेध यज्ञ का केही जानकारीः
१. अश्वमेध यज्ञलाई केहि विद्वान तथा एक राजनीति तथा केहि विद्वानले आध्यात्मिक प्रयोग मान्ने गरेका छन् । यो एक सम्राटले नै गर्न सक्ने बताइन्छ । जसको अधिपत्य सबै राजाहरुले मान्छन् उक्त व्यक्तिलाई नै सम्राट भनिन्छ ।
२. यज्ञको प्रारम्भ वसन्त अथवा ग्रीष्म ऋतुमा शुरु गर्ने गरिन्छ । यो अनुष्ठान पूरा गर्न पूरा १ वर्षको समय लाग्दथ्यो । यसबीचमा राज्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने गर्दथे ।
३. यज्ञ गरेपछि घोडालाई स्वतन्त्र छोडिन्थ्यो । त्यसको पछाडि यज्ञकर्ता र राजाका सेना हुन्थे ।
४. यदि कुनै व्यक्ति वा राजाले घोडा रोकेमा वा चोरी गरेमा घोडा चोर्ने र रोक्ने राज्यको राजासँग युद्ध हुन्थ्यो । यदि घोडा मरेको खण्डमा यज्ञ फेरी शुरु गर्नुपर्दथ्यो ।
५. अश्वमेध यज्ञ पूरा गरेपछि व्रह्म हत्याबाट मुक्त भईने, स्वर्ग प्राप्ति हुने र मोक्ष मिल्ने भनाई छ ।
६. केहि विद्वानहरुले अश्वमेध यज्ञलाई गायत्री मन्त्रसँग जोडिएको एक अध्यात्मिक यज्ञ मान्ने गर्दछन् । अश्व समाजको नराम्रोविरुद्धको प्रतिक र मेधा नराम्राकुराहरुविरुद्धको दोष उन्मुलनको संकेत भएको विदु षकहरुको कथन छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]