देशपाेष्ट/काठमाण्डाैं । आज – ०६ मंसिर २०७७ शनिवार श्री शनी महारजकाे दर्शन गरि आफ्नो दैनिक राशिफल जान्नुहोसः हजुरकाे दिन शुभ रहाेस
१) मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट होला । साँझपख शुभ समाचार आउन सक्छ । भूमिबाट लाभपनि रहनेछ
२) वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयपनि छ अतः सचेतरहनु राम्रो होला ।
३) मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ
४) कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।
५) सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
६) कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रुपनि पराजित हुनेछन् ।
७) तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ
८) वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
९) धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानिबाट लाभ मिल्नेछ ।
१०) मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्यापनि आउनेछ ।
११) कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ
१२) मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समयछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]