देशपाेष्ट/काठमाण्डाैं । नेपाल क्रिकेट संघ-क्यानले मंसिर १० गतेबाट राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण गर्ने भएको छ।
क्यानले त्यसका लागि २२ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। क्यानले मंसिर ८ गते खेलाडीको पीसिआर परिक्षण गर्ने र नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइने जनाएको छ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, सन्दिप लामिछाने, शरद भेषावकर, कारण केसी, वसन्त रेग्मी,बिनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, ललित नारायण राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा र सुवास खकुरेल छन्।
यसैगरि रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणका लागि बोलाइएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]