देशपाेष्ट/काठमाण्डाैं । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिका भित्रका विपन्न परिवार तथा सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको छ । नेपाल कृषि सेवा विकासको सहकार्यमा पालिका भित्रका अति विपन्न र सुत्केरी परिवार गरि करिब २४० परिवारलाई राहत वितरण गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणले मारमा परेका पालिका भित्रका अति विपन्न परिवार र सुत्केरी परिवारलाई भौचर प्रणली मार्फत राहत शुक्रबार राहत वितरण गरिएको हो ।
राहत वितरणको पहिलो चरणमा पालिकाको वडा नं. १ याम्खाका अति विपन्न ३०, सुत्केरी महिला ३३ जना, वडा नं. २ डाडाँगाउँमा अति विपन्न-३० सुत्केरी महिला-२८ जना, वडा नं. ३ छोरम्बुमा अति विपन्न-३० सुत्केरी महिला – २४ जना र वडा नं. ५ सप्तेश्वर छितापोखरीका अति विपन्न- ३० र सुत्केरी महिला ३२ जनालाई राहत वितरण गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र कुमार राईले बताउनुभयो ।
राहत वितरण गर्न बाँकि रहेका वडा हरु टेम्मा, छितापोखरी र बतासेमामा दोस्रो चरणमा शनिबार भौचर प्रणाली मार्फत राहत वितरण गरिने पनि पालिका प्रमुख राईले जानकारी दिनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका गरि दश स्थानिय तह रहेको खोटाङ जिल्लामा भौचर प्रणली मार्फत पहिलो राहत वितरण हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]