देशपोष्ट/काठमाण्डौं । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । साहको मृत्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए ।
स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]