देशपाेष्ट/काठमाण्डाैं । संसारमा सात अरब भन्दा बढि मानिसहरु छन् । सबैको रुपरंग र व्यवहार फरक फरक छ । मानिस अनुसार, सोच व्यवहार र गुण पनि फरक फरक हुन्छन् । यहि फरक गुण र कार्यका मानिसहरुलाई गिनिज बुक अफ वर्ड रेकर्डमा सुचित गरिन्छ । गिनिज बुकमा नाम लेखाउन त्यति सजिलो भने छैन । कोहि कोहि व्यक्तिलाई प्रकृतिले नै शारीरिक बनोटको आधारमा गिनिज बुकमा नाम लेखाउन योग्य बाउँछ भने कसैले निकै कठोर मेहेनतले आफ्नो प्रतिभा निखारेर गिनिज बुकमा आँफुलाई योग्य बनाउँछ ।
आज हामी यस्तै केहि अनौठा प्रमकृतिक गुण, प्रतिभा र क्षमताले आँफुलाई गिनिज बुकमा सुचित गराएका पाँच व्यक्तिहरुको बारेमा जानकारी गराउँदै छौंः
१. आँखाको गेडी बाहिर निकाल्ने महिला
आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने किम गुडम्यान नामकी ती महिलाले आफ्ना आँखालाई सामान्य स्थानबाट ११ मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछिन् ।
२.सबैभन्दा लामा नङ :
अमेरिकाकी क्रिस वाल्टनका हातका औँलाका नङ संसारकै सबैभन्दा लामा नङ हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार उनको हातका सबै औँलाको नङको लम्बाइ जोड्दा १० फिट २ इन्च हुन्छ । उनले पछिल्लो झण्डै २० वर्षदेखि आफ्नो नङ काटेकी छैनिन् ।
३. संसारकै सबैभन्दा लामो कपाल भएकी किशोरी
भारतको गुजरातकी निलांशी पटेलले सन् २०१९ मै विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको कीर्तिमान कायम गरेकी हुन् । उनको कपाल १९० सेन्टिमिटर लामो छ ।
४. संसारकै होँची महिला
ज्योती अमगे विश्वकै सबैभन्दा होँची महिला हुन् । उनले आफ्नो १८ औँ जन्मोत्सवका दिन सन् २०११ मै गिनिज बुकमा आफ्नो नाम लेखाएकी थिइन् । भारतको नागपुरकी ज्योतिको सरीरको उचाइँ केवल २४.७ इन्च छ ।
५. संसारकै लामो दाह्रीजुँगा
भारतका राम सिंह चौहान संसारकै सबैभन्दा लामो दाह्रीजुँगा भएका व्यक्ति हुन् । भारतको राजस्थानका सिंहको दाह्रीजुँगाको लम्बाई १४ फिट छ । उनले पछिल्लो ३९ वर्षदेखि आफ्नो दाह्रीजुँगा काटेका छैनन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]