देशपाेष्ट/काठमाण्डाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे प्रतिबन्धित नेकपाका एकजना सैन्य लडाकु पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– २ घर भएका ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई पक्राउ गरेको हो
विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालयनजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए ।
पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन् ।
शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ ।
शेर्पाको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्ताबेजहरू पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेर्पा, विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेकोसमेत प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
शेर्पाविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दामा म्याद थपगरी थप अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]