देशपाेष्ट/काठमाण्डाैं । अहिलेको समयमा धेरैजसोले स्मार्टफोन प्रयोग गरिरहाेका छन् । कुनै दिन तपाईंलाई कसैले भनेको हुनुपर्छ, रातको समयमा स्मार्टफोन चार्जमा लगाएर सुत्नु हुँदैन ।
जति धेरै पिक्सेल हुन्छ, क्यामेरा त्यति नै राम्रो हुन्छ । यस्तै कयौं कुराहरुलाई तपाईंले पत्याएर अरुलाई समेत भन्न भ्याइसक्नु भएको हुनसक्छ ।
आज हामी तपाईंलाई स्मार्टफोनमा यस्ता ८ अफवाहको बारेमा बताउँदै छौं, जसलाई तपाईं कयौं वर्षदेखि साँचो ठान्दै आउनु भएको छ ।
१. स्मार्टफोनको क्यामेरा
तपाईंले कतिपय व्यक्तिको मुखबाट सुन्नु भएको हुनसक्छ, क्यामेरा राम्रो छ । किन कि फोनमा १०, २०, ४८, ६४ मेगापिक्सेलको क्यामेरा छ ।
तर वास्तविकता के हो भने तस्वीरको गुणस्तर क्यामेराको मेगापिक्सेलमा निर्भर हुँदैन । राम्रो फोटोका लागि मेगापिक्सेलका साथै अपार्चर लगायतका चिजको समेत महत्वपूर्ण भूमिका हुन्छ ।
२. ब्याट्री
स्मार्टफोनको ब्याट्रीलाई लिएर पनि धेरै प्रयोगकर्ता भ्रममा रहेको देखिन्छ । ब्याट्री पुरा रुपमा सकिएपछि मात्र चार्ज गर्नुपर्छ ।
पहिलो पटक फोन प्रयोग गर्नु अघि फुल चार्ज गर्नुपर्छ । जति धेरै एमएएचको ब्याट्री भयो, त्यति नै राम्रो हुन्छ । यी सबै भ्रम र अफवाह हुन् ।
३. ब्राइटनेस
अहिलेको समयमा बजारमा आइरहेका प्रायः सबैजसो स्मार्टफोनमा अटो ब्राइटनेसको अप्सन हुन्छ । अटो ब्राइटनेसको अर्थ जब तपाईं घाममा हुनुहुन्छ, त्यतिखेर ब्राइटनेस स्वतः बढ्छ भने कम उज्यालो प्रकाश भएको स्थानमा हुँदा त्यसैगरी घट्छ ।
तर यसमा कतिपयको विश्वास के छ भने अटो ब्राइटनेसमा राख्दा स्मार्टफोनको ब्याट्री चाँडै सकिन्छ । तर यसमा कुनै पनि सत्यता भने छैन ।
४. थर्डपार्टी एप
सामान्यतया सुन्नमा आउँछ कि थर्ड पार्टी एप स्टोरबाट एप डाउनलोड गर्दा मोबाइलमा भाइरस आउँदछ । तर तपाईं आश्चर्यमा पर्ने कुरा के छ भने एन्ड्रोइड फोनहरुमा आउने ७० प्रतिशत भाइरस गुगल प्ले स्टोरमा भएका एपबाटै आउने गर्दछन् ।
नोर्टन लाइफ लक र आईएमडीईएले हालै गरेको सर्भेले प्ले स्टोरमा रहेका ६७.२ प्रतिशत एप यस्ता छन्, जसमा कुनै न कुनै प्रकारको मालवेयर अर्थात भाइरस रहेको छ ।
५. रातभरको चार्जिङ
कयौं व्यक्तिहरुबाट तपाईंले सुन्नु भएको होला, रातभर स्मार्टफोन चार्जमा लगाउनु हुँदैन । यसो गर्दा ब्याट्री खराब हुने गर्दछ ।
तर यो दाबी साँचो भने होइन । साँचो त के हो भने स्मार्टफोनले फुल चार्ज भइसकेपछि करेन्ट लिँदैन । यस्तोमा तपाईं हैरान हुनुपर्ने आवश्यकता नै हुँदैन ।
६. चार्जर
तपाईंले कतिपयबाट फोनसँगै आएको चार्जरबाट मात्र स्मार्टफोन चार्ज गर्ने सल्लाह पाइरहनु भएको होला । कुनै अर्को कम्पनीको चार्जरबाट फोन चार्ज नगर्न भनिन्छ ।
तर यो कुरा त्यति साँचो होइन । तपाईं अर्को कम्पनीको चार्जरबाट समेत स्मार्टफोन चार्ज गर्न सक्नुहुन्छ ।
तर यहाँनिर ध्यानमा राख्नुपर्ने कुरा के छ भने अर्को कम्पनीको चार्जर प्रयोग गर्दा त्यसको क्षमता तपाईंको फोनको चार्जरको बराबर नै होस् । अब त एप्पलले आईफोनसँग चार्जर नदिने योजना ल्याइसकेको छ । यदि अर्को कम्पनीको चार्जर प्रयोग गर्न नमिल्ने हो भने यस्तोमा के गर्ने ?
७. सिग्नल
फोनमा देखिने नेटवर्क सिग्नलको विषयमा कतिपय प्रयोगकर्ताको बुझाई के हुन्छ भने जति धेरै सिग्नल देखिन्छ, नेटवर्क त्यति नै राम्रो हुन्छ । तर वास्तविकता भने केही फरक छ ।
सिग्नलको क्वालिटी डेसिबलमा निर्भर हुने गर्दछ । यदि तपाईंले ख्याल गर्नु भएको छ भने एउटा सिग्नल मात्र देखिँदा समेत फोनमा सजिलै कुराकानी भइरहेको हुन्छ । त्यसैगरी कहिलेकाहिँ पाँचवटै सिग्नल देखिँदा पनि फोन काटिने गर्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]