मुक्ती यादव
नेपालको इतिहासमा राजनितिक परिवर्तनको इतिहास लामो छ । यसरी नेपालमा आज सम्म भएको राजनीतिक परिवर्तनमा नेपाल आमाको विशाल सपना बोकेका छोराछोरीहरुले ज्यानको आहुति दिएको साक्षी हाम्रो इतिहासले प्रमाणित गर्दछ । चाहे त्यो १०४ वर्षे जहानीया राणा शासनको बिरुद्धको सघर्ष होस या ३० वर्षे पंचायती शासन त्यसको समाप्तीको लागि या मावोवादीको १० वर्षे जनयुद्धको नाममा शहादत प्राप्त गर्ने सत्र हजारको हाराहारीमा मृत्यूवरण गरेको नेपाली नागरिक होस या २०६२÷०६३ को जनआन्दोनको नाममा होस नेपाली युवाहरुले उतिकै योगदान गरेको पाईन्छ ।
नेपालमा कम्यूनिष्ट पार्टीको स्थाप्ना बि.सं.२००६ सालमा भएको विषय प्रा.डा गोपाल शिवाकोटी द्वारा लिखित “पहिचान र दर्शनको संकटमा नेपाली राजनीतिक व्यवस्था” भन्ने किताबमा उल्लेख गरेको पाईन्छ । यस लेखमा हरेक राजनीतिक दलको विस्तृत रुपमा सबै विषय वस्तुलाई उल्लेख गर्न कठिन भएकोले यहाँ जनताको आशा र भरोसाको केन्द्र बिन्दुुको रुपमा उदीयमान पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अध्यक्ष द्वय के.पी.शर्मा ओली र पुुष्प कमल दहालबाट नेकपा जस्तो विशाल पार्टीको सैद्धान्तिक बन्ध्याकर÷लकडाउनको विषयमा बहस थोरै चर्चा गर्न चाहन्छुु ।
तत्कालीन राजनीतिक सत्तालाई उखेल्ने प्रयास गर्ने, जनताको लागि दिगभ्रमित गर्ने खालको नाराहरु लगाउने अनि आफु सत्तामा आए पछि पहिलाको सत्ताधारी भन्दा पनि वढी अलोकप्रिय काम गर्ने, सत्ताको डण्डा तिनै पहिला साथ दिएका जनताको ढाडमा बजार्ने गरेको पाईन्छ ।
विगतमा २०४६ सालको राजनीतिक परिवर्तन पछि लामो समय सम्म नेपाली राजनीतिको केन्द्रबिन्दुुमा रहेर नेपाली काँग्रेस जस्तो पार्टीले राज्यको सत्ता संचालन गरेको र त्यस क्रममा आफैले राजनीतिक दुर्घ्टनाहरु गरेको इतिहास प्रष्ट नै छ । यसरी हेर्दा राजनीतिक परिवर्तन त गर्ने तर देश संचालन र परिचालनको सबालमा नेपालको राजनीतिक दल प्रायः असफल नै रहेको छ (कमरेड मनमोहन अधिकारीको अल्पमतको ९ महिने सरकार वाहेक)
यसो भनि रहँदा यहाँ प्रश्न उठ्छ के त अहिलेको सत्तामा रहेको नेपाल कम्यूूनिष्ट पार्टी नेपाली जनतासंग चुुनाव लड्दा घोषणा पत्रमा उल्लेख गरेको अनुुसार काम गरेको छ त ? के संविधानमा उल्लेख गरेका प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भने अनुुसारको आचरण गरको छ त ? नेपाली गरिब जनताका छोराछोरीको लागि शिक्षाको अधिकार पुुर्तिको लागि शिक्षानीति अगाडी बढाएको छ त ?
लाखौं लाख रकम खर्चेर बनाएको विद्यानाथ कोईराला लगायतको व्यक्तित्वहरु सम्मिलित आयोग नेपाल सरकारले गठन गरेको सो आयोगले दिएको सुझाव कहाँ छन खोजीनीति गरेको छ त ? उल्टै त्यस आयोगले दिएको सुुझाव सरकारले किन लुुकाईयो । बाध्य भएर तीनै आयोगका केही प्रबुद्ध वर्गहरुले त्यो सुुझावलाई बाहिर ल्याउँदा सरकारले किन ती व्यक्तिहरु माथी अस्वभाविक खालको प्रतिकृयाहरु दिएका छन् । यी यस्ता सबालहरुलाई नेपाली बुद्धिजिवीहरुले नजिकबाट नियालिरहेको छ ।
त्यति मात्र नभएर संसदमा प्रचण्ड बहुमतमा रहेको यै कम्यूनिष्ट सरकार भएकै वेला एक सरकारी स्कुल एउटा बोर्डिङ्ग स्कुललाई जिम्मा दिने प्रस्ताव संसदमा लानुले कम्यूनिष्ट पार्टी अर्थात मावोवादीकोहरुको एकाईशौंसताव्दीको नयाँ जनवादी शिक्षा प्रणाली र नेकपा एमालेको बहुदलीय जनवादको फयूजनबाट जन्मिएको समाजवादी शिक्षा प्रणालीको उच्चतम रुप सहितको योजना ल्याएको देख्दा लाग्छ कार्ल माकर््स पनि माथी स्वर्गबाट उठेर त्यो प्रताव अवस्यै पढे होलान र नेकपाको यस किसिमको उच्चतम खालको समाजवादी शिक्षानीतिलाई पढेर धन्यबाद दिएको हुनुपर्छ ।
नेपालको संविधानमा “सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” विषय उल्लेख गरिएको छ तर के यो सरकारले आत्मनिर्भर अर्थतन्त्रको लागि तीन खम्बे आर्थिक योजना नीति लगायतको योजना अनुुसार काम गरेको छ त? अर्थात तत्कालै सम्भव नभए पनि, नगरे पनि के गर्ने मोडको योजनाहरु ल्याउन अगाडी बढेको छ त? अझ सरकारले आफ्नो घोषणा मार्फ “समृद्ध नेपाल समृद्ध नेपाली” को नारा अगाडी सारेको त्यो अनुसारको छनक दिएको छ छ त?
विश्वभरी फैलिएको महामारीको चपेटामा परेका नेपाली जनतालाई सहारा दिनुको सट्टा नेताहरुको बौद्धिक सुन्यताको उपस्थितिले नेपाली जनता निराश भएका छन् । यी यक्ष प्रश्नको जवाफ नेपाली बुद्धिजिवीहरुले राज्यको जिम्मेवारी पक्षबाट पाएको पाईदैन् ।
स्मरण योग्यत त रमाइलो कुरो नपालीे राजनीतिमा के देखिन्छ भने उपरोक्त उल्लिखित आन्दोलनहरुमा अमुक जनताको छोराछोरीको बली दिनमा हामा्र जुुनसुकै दलका नेताहरु भए पनि माहिर रहेको देखिन्छ । नेपालमा आन्दोलन चलिरहँदा र चलाई रहँदा आफ्ना छोराछोरीलाई विदेशमा लगेर पढाएर डाक्टर, इन्जिनियर बनाएको र सर्व साधारण जनताको छोराछोरीलाई स्वर्णिम युुगको कल्पना देखाएर मृगतृष्णाको राजनीतिक दौडमा जीवनदान गराउने बाहेक केही गरेको प्रमाण देखिँदैन जीवन दान गरे वापत नेपाली जनताले पाएको उपहार हाल सम्म यी नै हुन जस्तो आम जनताले महसुस गर्न थालेको छ । तर राजनीतिक दलहरुका नेताहरुले भने आ आफ्नो राजनीतिक अभिष्ट भने थोर बहुत रुपमा पुरा गर्न सफल भएको चाही छरपस्ट देखिन्छ नै ।
तत्कालीन नेकपा (एमाले) र मावोवादी बिचको पार्टी एकता अभियान लगभग ३ वर्ष लाग्न थालेको छ त्यस बेला देखि पार्टीको कुुनै पनि वर्गीय संगठनहरु चलायमान छैनन, कम्यूनिष्ट पार्टीको संगठन चलायमान हुनको लागि आवधिक रुपमा पार्टीको निकायहरु गठन, पुर्नगठन, प्रशिक्षण भैइ राख्नुपर्ने हुन्छ तर त्यो सब सुन्य छ । पार्टीमा सिद्धान्त बहस भन्दा नेताको म फलानो, तँ फलानोको मान्छे भनेर व्याखा हुनुले पार्टीमा कार्यकर्ता तथा नेताको बुद्धि र विचारमा पुरै खिया परेको अवस्था देखिन्छ । यसले गर्दा इमान्दार कार्यकर्ताहरुले अब पार्टी सकिए कै हो कि जीवनको अमुल्य समय पार्टीमा दिएको बेकार भएछ भनेर एक अर्कामा सम्बाद गर्न थालेका छन् । यसले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अब ओरालो लागेको संकेतको रुपमा बुुद्धिजिवीले अनुमान गर्न थालिएको पाइन्छ।
कम्यूनिष्टहरुले आफु विज्ञानमा विश्वास गर्ने पार्टीको रुपमा व्याख्या गर्ने गरेको पाईन्छ तर पार्टी एकीकरणको प्रकृयाको थालनी गरेबाट अन्तर पार्टी साँगठनिक सैद्धान्तिक बहसले कुनै स्थान पाएको छैन् । एकीकरणको थालनीसंगै दुवै अध्यक्षले पार्टीको एकीकरणको अभियान थाल्ने वेलामा पार्टी एकीकरणको सवालमा केही समस्या आएमा दुवै अध्यक्षहरुले आपसी समझदारीमा सुुल्झाउने सहमतिमा उल्लेख गरेकोे छ । कम्यूनिष्ट पार्टी भएको नाताले पार्टीमा समस्या आएको खण्डमा विधि, पद्धति र विधान अनुुसार समस्याहरु सुल्झाउँदै पार्टी एकतालाई समृद्ध गर्दै अगाडी बढाउने छु भन्ने विषय उल्लेख हुनुपर्ने थियो किनकि मानिस आफैमा स्वार्थी प्राणी हो त्यहाँ समस्या आउन सक्छ भनेर दुुर दर्शिता हुनुु आवश्यक थियो त्यो देखिएन ।
हेर्दा त कमरेड प्रचण्ड महान युद्ध संचालन गरेर आएका नेता हुनुहुन्छ त्यसलाई नजर अन्दाज गर्न मिल्दैन । यो देशको राजतन्त्रको जड उखेल्न नेपाली जनताको छोराछोरीको बली चढाए वापत सफल नै हुुनुुभएको हो त्यो अरु दलको प्राथमिकतामा थिएन नै । त्यसैगरी अर्कोतिर राजनीतिक जीवनकोे दौरानमा १४ वर्ष जेल बसेर आएको नेता कमरेड के.पी.ओलीले पार्टी संचालन गरेको पाईन्छ । तर पार्टी संचालनको वर्तमान अवस्था हेर्ने हो भने सुन्य अनुुभव भएको पाइलटहरु नेपाली कम्यूनिष्ट आन्दोलनको बिशाल बोईङ्गजेट जहाज पार्टी एकताको समय देखि यता लगभग तीन वर्षको कार्यकालमा उक्त जहाज उड्नु त कता हो कता ईन्जीन सटार्ट समेत गर्न असफल भएको विषय प्रष्ट छ ।
यसरी भन्न सकिन्छ कि आजको पार्टी भित्रको समस्या भनेको अध्यक्ष द्वयद्वारा पार्टीको विधानको निलम्बनको पराकाष्ठाको रुपमा लिन सकिन्छ । नेपाली जनताले विगतमा काँग्रेस पार्टीले शासन संचालनमा गरेको कमी कमजोरीको कारण नेकपा माथी ठुलो आशा राखेको ठाउँ थियो तर जनताको चाहनामाथी बज्र प्रहार वामपन्थी पार्टीबाट समेत भयो ।
प्रसङ्गः पार्टीे झगडाको निकास किन आउँदैन ?
आम संचार माध्यमको सामाचारलाई आधार बनाउने हो भन्ने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अध्यक्ष द्वय मध्ये के.पी.शर्मा ओली अल्पमतमा रहेको, अर्का अध्यक्ष पार्टी अध्यक्ष प्रचण्डलाई पार्टीको वरिष्ठ नेता कमरेड माधव कुमार नेपालको साथ रहेकोले पार्टी कमिटीको प्रायः सबै मोर्चामा प्रचण्डको बहुमत रहेको चर्चा गरिन्छ तर त्यसै हो भन्ने पार्टीको विधि, विधानको प्रयोग गर्दै नेकपाको वर्तमान संकटको समाधान सजिलै हुनुपर्ने हो तर किन आउँदैन नत यो चाहिँ अचम्मको विषय रहेको छ ।
पार्टीको विधानमा रहेको व्यवस्था ः
पार्टीले पार्टीको सदस्यलाई चुनावमा टिकट दिन्छ चुनाव लड्छ निर्वाचित भएर आउँछन् । चुनाव जितेर आए पछि पुनः पार्टीको संसदीय दलको चुनाव हुन्छ र पार्टीले नै छानेर हरेक पार्टीको तर्फबाट संसदीय दलको नेताकोे चयन हुन्छ ती नेताहरु मध्ये बहुमत प्राप्त गर्ने व्यक्ति संसदीय व्यवस्थामा प्रधानमंत्रीमा चयन हुन्छन । यसले के देखाउँछ भने पार्टी भनेको सबै भन्दा सर्वोपरी हुँदो रहेछ तर अहिलेको कम्यूनिष्ट पार्टी भित्रको संघर्ष त्यसो भए किन समाप्त हुन सकिरहेको छैन् । पार्टी विधान अनुसार अगाडी वढे समाधान त सजिलै देखिन्छ तर किन हुँदैन यसले पार्टीको विधि र विधानको चर्चा गर्नमा माहिर रहेका कम्यूनिष्ट नेताहरु किन चुुकि रहेका छन् यो गम्भीर विषय रहेको छ । नेपाली राजनीतिसंग चासो राख्नेहरुले प्रचण्ड एवं वरिष्ठ नेता कमरेड माधव कुमार नेपालको विचमा पनि पार्टीको विधि र विधान प्रति विश्वास गर्ने एक आपसको आधार तयार नभएकैले पार्टी विधी विधान अनुसार अगाडी बढन नसकेको हो कि ? अनुमान गर्न थालिएको छ ।
आज कम्युनिष्ट पार्टीको सरकार फेल भयो भने निश्चय नै नेपालको राजनीति कता मोडिने हो, फेरी कुनै नयाँ किसिमको समस्या देशमा आईलाग्ने हो कि जस्ता आभासहरु पाउन थालिएको छ ।
जनताको हित नभए पनि देशलाई अधोगतिमा राखि रहने र देशलाई उपियाँ र उडुस जस्तो नेपाल आमाको रगत चुसी राखुन्जेल सत्तामा बसी राख्ने कार्य जारी राख्नको लागि छुट सहितको मत नेपाली जनताले कसैलाई नदिएको हेक्का राखी काम गर्न नेताहरुलाई नागरिक समाजको आग्रह छ । जनताको मतलाई विश्वासघात गरी शासन गर्ने हो भने व्यक्तिको कमजोरीलाई लिएर कुनै अमुक पार्टीले छुट नपाउने र पार्टी पंक्तिमा लागेका विशाल युवायुवतीहरुको भविश्व समाप्त हुने, देशले धोका पाइ रहने, त्यति मात्र नभएर जनतालाई घात गर्ने पार्टीको नाम इतिहासमा मात्र पढन पाउने वातावरण बन्न सक्छ । विश्वको इतिहासबाट पाठ सिकी अगाडी बढन पंक्तिकार अनुरोध गर्दछ ।
पछिल्लो समय गत मंगलवार प्रधानमंत्री के.पी.शर्मा ओली द्वारा ल्याइएको संबैधानिक सम्बन्धी अध्यादेशलाई लिएर पार्टी भित्र झन ध्रुुबीकरण बढेको तथा यो लेखलेखी रहेको अवस्थामा आज मिति २०७७।०९।०४ गते नेकपाको पार्टी अध्यक्ष द्वय के.पी.शर्मा ओली र प्रचण्डको विचमा बिगतमा भए गरेको राजनीतिक निर्णय, प्रचण्डको तर्फवाट पेश गरेको १९ पेजको पार्टीको समस्याको पुलिन्दा र के.पी.शर्मा ओलीबाट त्यसको बदलामा प्रतिबाद रुपी ३८ पेजको पत्रलाई लिएर चलेको दोहोरी समाप्तीको लागि बालुवाटार, खुमलटार र शीतल निवासमा निकै दौडधुप भैरहेको छ, संचार माध्यमले जनाए अनुुसार प्रचण्डलाई उक्त १९ पेजको सवाल फिर्ता लिन देशको प्रधानमंत्री तथा पार्टी अध्यक्ष रहेका के.पी.शर्मा ओलीले भनेको तर प्रचण्डले सो प्रस्ताव भोली हुने स्थायी कमिटीको नियमित बैठकबाट टुुँगो लगाउन भनिएकोले पार्टी भित्रको समस्या झन झन पेचिलो बन्दै गएकोछ, उता प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजबादी पार्टी (जसपा)ले नेकपा पार्टी फुटेमा आउने दिनमा सरकारमा कुन अवस्थामा जाने भन्ने विषयमा एक्ला एक्लै र द्वय पक्षीय वार्ता, छलफल समेत भएको पाइएको छ । यसले के देखाउँछ भने अवको अगामी समयमा कुनै उल्कै किसिमको चमत्कार भए मात्र नेकपाको समस्या समाधान हुने अन्यथा नेकपा भन्नेपार्टी नेपालको इतिहासमा असफल पार्टीको रुपमा नाम दर्ज गर्ने तर्फ उन्मुख देखिन्छन्।
आशा गरौं नेकपाको नेताले देश र जनताको हितलाई केन्द्रबनाएर भावी निर्णय गर्नेछन् । ं
धन्यवाद ।
लेखकः ग्रामीण विकास केन्द्र, केन्द्रीय विभागका विद्याबारिधिको सोधार्थी समेत रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]