देशपाेष्ट/काठमाण्डाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।
उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।
अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।
जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ । अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]