देशपोष्ट/काठमाण्डौंं । काठमाडौ: चर्चित गायक रुपकुमार राईको ‘म बाँच्नुको के अर्थ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘राम साइली’ ‘गुन्द्रुक किनेमा’ स्वप्निल छायाँले’ ‘सुङ्गुरे माया’ लगायत ६ सय भन्दा बढि गीतहरुमा आफ्नो आवाज भरि सकेका गायक रुपकुमार राईको ‘म बाँच्नु को के अर्थ’ बोलको गीत सार्वजनिक भएको हो ।
‘ठूली’ चन्द्रकला कोयीको शब्द रचना रहेको गीतमा संगीत पनि गायक स्वयम् रुपकुमार राईकै रहेको छ । एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग राजु कार्कीले गरेका हुन् भने रेकर्ड सुरेश राईले गरेका हुन् ।
दिक्पाल कार्की र शेशुका राईले अभिनय गरेको म्युजिक भिडियोमा प्रेममा हुने पिडालाई देखाउन खोजिएको छ । प्रेममा खुशी र रोमान्स मात्रै हैन पिडा पनि हुन्छ भन्ने बोध गराईएको छ ।
दिर्घ गुरुङले छायांकन गरेको म्युजिक भिडियोमा श्याम लामाले श्रींगार कल्पना लिम्बुले हेयर डिजाईन गरेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले कलर गरेको हुन् भने म्युजिक भिडियो निर्देशन सम्पादन वीरबहादुर राई ‘युवराज’ ले गरेका हुन् ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नु होला:
१, https://youtu.be/OL1a2VtkfyM
२, https://youtu.be/iUjTIXfswe8
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]