देश पोष्ट /काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा नेपाली वाङ्मयको क्षेत्रमा कलम चलाउने श्रष्टाहरुलाई हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कारबाट तेह्रौ संस्करणको रुपमा यो वर्ष प्रशिद्ध कथाकार डा. राजेन्द्र बिमल(जनकपुर) तथा कवि विमला तुम्खेवा(मोरङ) लाई सम्मान गरेको छ ।
काठमाडौँको होटल हार्दिकमा आयोजित एक समारोहबिच सम्पन्न उक्त सम्मान र पुरस्कारको १३ औं संस्करणमा सम्मानित व्यक्तित्वलाई सम्मानपत्र, दोसल्ला र ५० हजार नगद सहित प्रतिभा सम्मान( २०२० तथा प्रमाणपत्र र १ लाख नगद राशी सहित कवि तुम्खेवालाई पुरस्कृत गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व डा. राजेन्द्र विमल बहुआयामिक भाषाका कथाकारका रुपमा परिचित रहेको चर्चा अतिथि बक्ता तथा कथाकार गोपाल अश्कले बताए । डा. बिमलका नेपाली, मैथिली र हिन्दी भाषामा गहनतम् कथाहरु प्रकाशन भइसकेको चर्चा प्रमुख अतिथिले आफ्नो मन्तब्यका क्रममा ब्यक्त गर्नु भएको थियो ।
यसैगरी कवि विमला तुम्खेवा महिलाहरूको पक्षमा उभिएर आफ्नो कलम सशक्त रुपमा चलाउँदै आम नेपाली महिलाहरुको हक, हित र न्यायका पक्षमा कविता मार्फत् वकालत गर्दै आइरहेको पनि कार्यक्रमका प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले चर्चा गर्नु भएको थियो ।
कवि बिमला तुम्खेवाका रचना प्रेमिल इर्स्या लाग्दो रहेको र उनले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा निरन्तर कलम चलाइरहेकी र चलाइरहन आवश्यक रहेको भन्दै पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्ने क्रममा अर्का अतिथि बक्ता,सूचना विभागका पुर्व आयुक्त तथा सञ्चारकर्मी यशोदा तिमिल्सिनाले सम्मानित तथा पुरस्कृत व्यक्तित्वमाथि टिप्पणी गर्ने आफ्नो हैसियत नभएको कुरो बताउनु भएको थियो ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको मानार्थ सदस्य तथा नेपाल संयोजक समेत रहेका प्राज्ञ, शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई आदिम आवाज अनलाइन टिभीले फेसबुक मार्फत् प्रत्यक्ष प्रशारण गरेको कार्यक्रम सञ्चालक तथा रावा सावा प्राज्ञिक समाजका अध्यक्ष टिका चाम्लिङले जानकारी दिनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]