देशपोष्ट /काठमाडौं । १२ हजार युवा बेरोजगारलाई रोजगारी दिने सरकारी लक्ष्य पुरा गर्न युवा तथा साना व्यवसायी स्वरोगार कोषले बिभिन्न नयाँ पाँच वटा कार्यक्रम सन्चालनमा ल्याउने गरी युनियन हाउस काठमाण्डौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा सार्बजनिक गरेको छ ।
सहकार्यमा आधारीत साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर, भेरी(कर्णाली इकोनोमिक करिडोर, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम र तराई(मधेश स्वरोजगार कार्यक्रम सन्चालनमा ल्याउन लागेको कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले जानकारी दिनुभयो ।
वेरोजगार युवालाई सिधै कोषबाट न्युनतम दुई लाख सम्मको कर्जा माग गरेको एक हप्ता देखि १५ दिनसम्ममा उपलब्ध गराउने जानकारी दिनुभयो । यस अघिको कोषको कार्यक्रमलाई परिमार्जन गर्दै वेरोजगार व्यक्तिले स्वयम् अनलाईन फारम भरेर कर्जा लिन सक्ने व्यवस्था संगै सहकारी मोडललाई पनि निरन्तरता दिने कोषले जनाएको छ ।
२०६५ सालमा स्थापना भएको कोषमा सुरुवाती समयमा ३ सय ८२ करोड रकम जम्मा भएकोमा हाल कोष बढाउनका लागी सहकार्यमा आधारित साझेदारी कार्यक्रम सन्चालन गर्न लागिएको, कोषले स्थानीय तथा प्रादेशिक सरकारसँग ३ दशमलव ०५ प्रतिशत व्याजदरमा ५ बर्षका लागि कर्जा लिएर आवश्यक्ताका आधारमा रकम थप गरि सोहि क्षेत्रमा बेरोजगारी हटाउन स्वरोजगारमुलक कार्यका लागि बैंक, वित्तिय संस्था र सहकारीमार्फत सर्वसाधारणलाई कर्जा प्रवाह गर्ने योजना रहेको उपाध्यक्ष रोकाको भनाई रहेको छ ।
कार्यक्रममा स्वरोजगार मोवाईल एप पनि सार्वजनिक गरिएको छ । अबदेखि उक्त एप मार्फत स्वरोजगार कर्जा लिन चाहने व्यक्तिले आशय पत्र भरी सिधै कर्जा माग गर्न सक्नेछन् । कोषको वेभसाइडमा रहेको अनलाई पोर्टलमार्फ पनि आशय पत्र भर्न मिल्ने व्यावस्था गरिएको छ ।
१२ हजार युवालाई रोजगार बनाउने लक्ष रहेकाले त्यसलाई पुरा गर्न कोषले अघि सारेका नयाँ कार्यक्रम निकैनै प्रभावकारी रहेको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]