देशपाेष्ट/काठमाण्डाैं । नेकपा(एमाले) व्युतिए पछि प्रचण्डको साथ छोडेर एमालेमा फर्केका झलनाथ खनाल, माधव कुमार नेपाल सहितका खनाल–नेपाल पक्षिय नेता कार्यकर्ताहरुलाई एमालेमा सम्मानजनक व्यवहार गरिने एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङले बताएका छन ।
आफ्नै पार्टीको सरकारका विरुद्धमा गतिविधि गरेको भनेर ओली पक्षिय नेता तथा कार्यकर्ताहरुको आलोचनाको केन्द्रमा रहेका नेता नेपाल र खनालप्रति प्रधानमन्त्रीका प्रस सल्लाहकार सुर्य थापाले कडा टिप्पणी गर्दै आइरहेका बेलामा उपनेता नेम्वाङले भने नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताएका हुन् ।
बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगले व्यवहार हुन्छ ।’
प्रेस सल्लाहकार थापाको टिप्पणीबारे राखिएको जिज्ञासामा नेम्वाङले थपे, ‘त्योचाहिँ प्रेस सल्लाहकारजीलाई गएर सोध्नुस् ।’
संसद विघटन गर्ने ओलीको कदमप्रति विरोध जनाउँदै नेपाल–खनालसहित उनी पक्षीय नेताहरु प्रचण्ड खेमामा रहेर सरकारविरुद्ध आन्दोलन गरेका थिए ।
तर नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]