• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / बैदेशिक रोजगार

इजरायल रोजगारीको लागि चैत बाट नै आवेदन लिइने

३ चैत्र २०७७, मंगलवार ०८:०२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • १५३६ पटक पढिएको
  • देशपोष्ट/काठमाण्डौं । इजरायल श्रमिक पठाउने सम्बन्धमा कार्यविधि यसै महिनामा तयार हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतमणी पाण्डेले कार्यविधि तयार भइसक्नासाथ आवेदनका लागि आह्वान गरिने जनाएका छन्।

    कार्यविधि सरोकारवालाहरुसँग छलफलका लागि पठाएको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार अन्य सबै कामहरु सकिएको तर कार्यविधिअन्तर्गत कसरी युवा पठाउने, कसरी अन्तर्वार्ता लिने, समग्रमा युवा छान्नको लागि कस्ता नियमहरु अपनाउने लगायतका विषयमा निर्णय हुन बाँकी छ। प्रवक्ता पाण्डेले भने, ‘आन्तरिक कार्यविधि सकिएको छैन। त्यो पूरा भइसकेपछि बल्ल कार्यान्वयनमा जान्छौं। महिनाको कुरै होइन, त्यसलाई हामी चाँडोभन्दा चाँडो सक्छौं।’

    त्यसैगरी, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि बन्दै गरेकाले आवेदनमा ढिला भएको बताएका छन्। उनका अनुसार कार्यविधि सम्बन्धमा लगातार छलफल भइरहेको छ। त्यस्तै, उनले आवेदन माग गर्ने सफ्टवेयर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जनाएका छन्। उनका अनुसार आन्तरिक कार्यविधि पूरा भइसकेपछि अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गरिने छ।

    इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले इजरायलसँग भएको श्रमिक सम्झौतानुसार श्रमिक छिटो ल्याउन दिनदिनै ताकेता गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘प्रक्रियाहरु धेरै लामो हुने रहेछ। सम्झौता गरिसकेपछि पनि धेरै कामहरु गर्नु पर्ने रहेछ, सबै कामहरु यहाँ (इजरायल)बाट हामीले गरिसकेका छौं।’ कहिले काहीँ कानुनी हिसाबले पनि समय लागेको हुन सक्ने उनले बताइन्।

    पारिश्रमिक र सुरक्षाका हिसाबले निकै आकर्षक मानिएको इजरायलसँग गरिएको उक्त सम्झौता अन्य कारणले नरोकिने डा.शाक्यले बताएकी छन्। उनले भनिन्, ‘यो इजरायलको राजनीतिले पनि रोकिँदैन र नेपालको राजनीतिले पनि रोकिँदैन। यो सम्झौता इजरायल र नेपालको क्याबिनेटबाट हस्ताक्षर भइसकेको हुनाले अब समस्या रहँदैन।’

    यो सम्झौता नर्सको लागि नभएको र नर्सको लागि छुट्टै कार्यविधिहरु अगाडि बढाउनेतिर लागिपरेको समेत डा. शाक्यले बताइन्। उनले भनिन्, ‘यो त नर्स नभएकाहरु, नर्स बन्न नसकेकाहरु, नर्स बन्न लागेकाहरु जसले काम गर्न नपाएकाको लागि अवसर हो। उहाँहरुले यहाँ पाँच वर्ष काम गर्नु भयो भने यहाँको धेरै टेक्नोलोजीहरुसम्बन्धी समेत ज्ञानहरु लिएर जानुहुन्छ।’

    इजरायलमा रोजगारीका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता गत असोजमा भएपनि प्रोटोकलमा भने गत माघमा हस्ताक्षर भएको थियो। इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु)मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सम्झौतामा गत माघ ८ गते हस्ताक्षर गरेका थिए। नेपाली श्रमिक सरकारी सयन्त्रमार्फत अर्थात् जीटुजीमार्फत इजरायल रोजगारीमा पठाउने गरी हस्ताक्षर भएको छ। प्रोटोकलअनुसार इजरायलमा महिला र पुरुष गरी पाँच सय नेपाली कामदार जानेछन्।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑