जतना खड्का/दाेलखा – दोलखाको विगु गाउँपालीका ३ बुलुङमा निर्माणाधिन सिंचाई आयोजनामा निर्माण कम्पनीले चरम लापरवाही गरेको छ । विभिन्न बहानामा निर्माण कार्य अलपत्र पारेको विगुका स्थानियहरु बताउँछन् ।
डडुवा खोला देखि साविक बुलुङ ३ सम्मको ७०० मि. लम्बाईको डुडुवा महाभिर सिंचाई आयोजनाले साविक बुलुङ गा.वि.स. का ८,९, ४ र ३ का स्थानीय लाभान्वित हुने परियोजनाको कार्य निर्माण कम्पनीको लापरवाहिले अलपत्र परेको हो ।
डिभिजन सिंचाई आयोजना चरिकोटको योजना अन्तर्गत २०७३/११/११ मा निर्माण कम्पनी सागर एण्ड शिशिर कन्ट्रक्सन प्रा.ली. भिमेश्वरले एक वर्ष भित्र निर्माण कार्य सक्ने गरि सम्झौता गरेको मा हाल सम्म पनि निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेको छैन । कुल १ करोड ३३ लाख ८६ हजार ९ सय ४९ रुपौयाँ ८५ पैसामा परियोजना सम्पन्न गर्ने सम्झौता भएको परियोजनाको कार्य सम्पन्न नहुँदै निर्माण कम्पनीले १ करोड ७ लाख ५ हजार ९०० रकम निकासा गरि बुझे पछि निर्माण कार्य अलपत्र बनाएको हो ।
सम्झैता सम्पन्न गर्नु पर्ने मितिमा निर्माण सम्पन्न नभए पछि विभिन्न कारण हरु देखाउँदै खानेपानी तथा सरसफाई मन्त्रालयबाट म्याद थप गरि पुनः २०७७/०२/२० मा निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता थप गरिएको थियो । तर, थप गरिएको मितिमा पनि निर्माण कम्पनीले कार्य सम्पन्न गरेन । सिंचाई आयोजना अलपत्र परेपछि विगु ३ बुलुङको वडा कार्यलय, नमुना युवा क्लब बुलुङ र स्थानिय जनताले सिंचाई डिभिजन कार्यलय चरिकोटमा कामको गुणस्तर र कार्य सम्पन्नता को माग गर्दै उजुरी निवेदन दिएपनि डिभिजन कार्यालयले कुनै पनि कारवाही अगाडी बढाएको छैन ।
निर्माण सम्झौता अनुसार परियोजना क्षेत्रमा दुई ओटा पक्की रिजर्भ ट्यांकी निर्माण गर्नु पर्नेमा एउटा मात्र निर्माण भएको र त्यो निर्माण गरिएको ट्यांकी पनि गुणस्तरहिन भएकोले पानी चुहिने छ । साथै परियोजनाको शाखा लाइन विस्तारको कार्य पनि केहि भएको छैन । यो विषयमा डिभिजन सिंचाई कार्यालय चरिकोटमा सम्पर्क गर्दा कार्यालयका इञ्जिनियर निर्मल दहालले १ करोड ७ लाख ५ हजार ९०० रकम बराबरको काम सम्पन्न भएकोले निकासा दिएको बताए । यो परियोजनाको विषयमा विगु गाउँपालिका का प्रमुख युधिष्ठिर खड्काले आफूलाई थाहा नभएको बताए । हाल परियोजना निर्माण स्थलमा सार्वजनिक सुचनाको लागि अनिवार्य रुपमा राख्नु पर्ने परियोजना सुचना बोर्ड पनि राखिएको छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]