देशपाेष्ट/काठमाण्डाैं । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोनाको लहर तिब्र रुपमा फैलिए पछि त्यहाको सरकारले कोभिड विरुद्धको खोप अन्य मुलुकहरुमा निर्यात नगर्ने निर्णय गरेको छ ।
भारतको विदेश मन्त्रालयले भारतमा संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै अन्य देशलाई खोप तत्कालका लागि निर्यात नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै पनि देशमा खोप निर्यात नहुने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । भारतमा आगामी अप्रिलदेखि ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
भारतको अक्सफोर्ड–एस्ट्राजेनेको खोप हालसम्म ७६ राष्ट्रमा ६ करोड खोप उपलब्ध गराइसकेको बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]