देशपाेष्ट/काठमाण्डाैं । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा मिसाइल प्रहार गरेको भन्दै जापान र दक्षिण कोरियाले उसको यो कदमको आलोचना गरेका छन् ।
‘एल्लो सी’मा दुईवटा छोटो दूरीको मिसाइल परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाले पुनः दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ ।
उत्तर कोरियाको मिसाइल परीक्षणलाई ‘अवैध’ भन्दै एसिया प्रशान्त क्षेत्रमा तैनाथ अमेरिकी सेनाले यसलाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि खतराजनक रहेको प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षणमा रोक लगाएको छ ।
उत्तर कोरियाली व्यापारी मुन चोल म्युङलाई मलेसियाबाट अमेरिका सुपुर्दगी गरेपछि उत्तर कोरियाले बिहीबार मिसाइल परीक्षण गरेको हो । म्युङले उत्तर कोरियामा सौखिन सामान उपलब्ध गराउन अमेरिकी वित्तीय प्रणालीबाट रकम हिनामिना गरेको आरोप लगाइएको छ । यसै घटनापछि उत्तर कोरियाले मलेसियासँग सम्पूर्ण कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]