देश पोष्ट/ काठमाडौं । दशरथ रंगशालामा सञ्चालित त्रिदेशिय थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ ।
दशरथ रंगशालामा हिजो सकिएको फाइनल खेलमा प्रधानमन्त्री के.पी.शर्मा ओली नेपाली टीमलाई हौसला दिन पुग्नु भएको थियो । फाइनल खेलमा बंगलादेशलाई २– १ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।
खेलाडीलाई हौसला दिन रंगशालामा पुग्नु भएका प्रधानमन्त्री ओलीले खेलाडीले गोल गर्दा उठेर ताली बजाउँदै हौसला दिनुभएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]