देशपोष्ट /काठमाण्डौं । गायिका अनिला राई र राजेश पायल राई द्वारा स्वराङ्कन रहेको चलचित्र बिरबिक्रमको ‘टलटल टल्किने’ बोलको गीतले करोड माथी दर्शक पाएको छ । गायिका राई खुसी हुँदै बताउछिन् सम्पुर्ण दर्शक श्रोता लाई धेरै धेरै धन्यवाद साथै मेरो यो एउटा अत्यन्तै खुशीको क्षण हो । हाल सम्म शोसल मिडिया ‘टिकटक’ मा हजारौ भिडियो बनिसकेको र चर्चा अझ झन बटुलिरहेको भिडियो युट्युबमा एक करोड भन्दा बढी दर्शकले हेरिसक्नु भएको छ ।
नयाँ एल्बमको समेत तयारी गरिरहेकी अनिला भन्नु हुन्छ ‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’ गीतले १ करोड भन्दा बढी दर्शक पाएको छ । दर्शक तथा श्रोताको यो मायाले खुसी लागेको छ ।’ थप्दै भन्नु हुन्छ अझ आगामी दिनमा यो भन्दा धेरै खुशी पाउने आशा गरेकी छु ।
आफ्नो गीत करोड भन्दा बढीले रुचाइ दिँदा खुसी नहुने को नै हुन्छ ? नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेश पायल राईले त यस खुसीयालीमा ‘सेलिब्रेसन’ नै गरे । नेपाली फिल्म ‘विरविक्रम’को यस गीतमा गायिका अनिला राई र राजेश पायल राईको युगल स्वर छ । प्रचारको कुनै प्रक्रिया विनै एउटा नेपाली गीतले एक करोड भन्दा बढी दर्शकको माया पाउनु आफैँमा खुसीको कुरा पनि हो । यस गीतलाई खासै प्रमोसन गरिएको थिएन । गीतको मौलिकता र स्वरकै कारण दर्शक तथा श्रोताले रुचाएका छन् । यस गीतको भिडियोलाई यो समाचार तयार पारिरहँदा एक करोड १२ लाख ९४ हजार ले हेरिसकेका छन् ।
करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिलाले त्यहाँ बसेर पनि नेपाली गीत संगीतलाई निरन्तर अँगाल्दै आएकी छन् । उनले अहिलेसम्म सयौँ गीतमा स्वर दिइसकेकी छन् भने दर्जनौ गीत लेखिसकेकी छन् ।
लोकदेखि आधुनिक र चलचित्र गीतसम्म गाउँदै आएकी अनिलाका गीतहरु दर्शक तथा श्रोताले पनि रुचाएका छन् । यसै क्रममा ‘टलटल टल्किने’ गीत करोड क्लवमा प्रवेश गरेको हो । यस खुसीयालीमा गायिका अनिलाले भनिन्, ‘ढिलै भए पनि दर्शक तथा श्रोताको माया पाएकी छु । यसले मलाई अझै धेरै हौसला र प्रोत्साहन मिलेको छ ।’ पछिल्लो समय ‘स्वरांकन’ नामक एल्बम निकालेर चर्चा आएकी अनिलाले केही महिनापछि नयाँ एल्बम ल्याउन लागेको बताइन् । बेलायतको व्यस्त जीवनका बावजुद पनि अनिला एल्बम गर्ने बेलामा नेपाल आउने गरेकी छन् । ‘स्वरांकन’ उनले नेपालमै आएर गरेकी हुन् । यसपटक एल्बम ल्याउने मनशाय नभए पनि आफ्नै शब्द रचना भएकाले गर्न लागेको बताइन् । उनले भनिन्, ‘मलाई एल्बम नै गर्ने मन त थिएन, तर आफ्नै शब्द भएकाले एल्बम नै गर्न लागेकी हुँ ।’ अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् ।
भिडियो हेर्न तलको लिङ्क थिच्नु होला :
https://www.youtube.com/watch?v=kU-6Nkbqlow
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]