देशपोष्ट/काठमाण्डौं । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीनदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा करिब एक हजार जना बिरामीले सेवा लिएका छन् ।
नेपाल नेत्रज्योती संघ खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्रविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा सञ्चालित उक्त शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण गरिएको तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् ।
चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ ।
उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो ।
दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजारभन्दा बढी रहेको जनाइएको छ । नेत्रज्योति सङ्घअन्तर्गत आँखा अस्पतालले आर्थिक वर्ष २०७६/७७ गरेको सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]