देशपोष्ट/काठमाण्डौं । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको फ्रेन्चाइजी फुटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) यहि बैशाख ११ गतेबाट शुरु हुने भएको छ । सोमबार सार्ववनिक गरिएको खेल तालीका अनुसार उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब भिड्ने भएका छन । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सञ्चालन हुने उद्घाटन खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे देखी शुरु हुने छ ।
राउन्ड रोबिनको आधारमा हुने खेलमा लिग चरणको अन्त्यमा इलिमिनेटर पनि राखिएको छ । त्यस अनुसार सुरुमा शीर्ष दुई स्थानमा रहने टिमबीच खेल हुनेछ । लगतै तेस्रो र चौथो स्थानबीच खेल हुनेछ । त्यसमा विजयी टिमले शीर्ष दुई टिमबीचको खेलमा पराजितको सामना गर्नेछ । प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहेको छ ।
लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने खेलको प्रत्यक्ष प्रशारण एपिवान एचडी टेलिभिजनले गर्ने छ ।
यस्तो छ सुपर लिगको खेल तालिकाः
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]