देशपाेष्ट/काठमाण्डाैं । लामो समयदेखी मंगल ग्रहमा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् । यहि क्रममा बैज्ञानिकहरुले मंगल ग्रहमा हेलिकप्टर उडाएर अर्को सफलता प्राप्त गरेका छन् । अमेरिकी अन्तरिक्ष संस्था(नासा)का बैज्ञािनकहरूले पहिलो बैज्ञानिकहरुले पहिलो पटक पृथ्वीबाट नियन्त्रण गरेर मंगल ग्रहमा हेलिकप्टर उडाएर उक्त सफलता प्राप्त गरेका हुन् । नासाले पठाएको अन्तरिक्ष यान पर्सिभरेन्सले लिएर गएको हेलिकप्टरले सोमबार पहिलो पटक मंगल ग्रहमा उडान गरेको हो।
नासाका अनुसार इन्जेन्युटी नामको उक्त हेलिकप्टरले ३९ सेकेन्ड उडान भरेको थियो भने १० फिटको उचाइसम्म पुगेको थियो। उडान क्षेत्रबाट २ सय फिट पर रहेको पर्सिभरेन्सको क्यामेराले इन्जेन्युटीको उडानको भिडिओ कैद गरेको थियो।
राइट दाजुभाइले पृथ्वीमा पहिलो पटक उडान गरेको ११७ वर्षपछि अर्को ग्रहमा उडान सफल भएपछि नासाका वैज्ञानिकहरूमा खुसियाली छाएको थियो।
‘अब हामी भन्न सक्छौं मानव जातिले अर्को ग्रहमा उडान गरिसक्यो,’ इन्जेन्युटीकी प्रोजेक्ट म्यानेजर मिमी आङले भनिन्।
१.८ किलोग्राम तौल भएको हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र थियो।
पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको थियो।
मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन छ। मंगल ग्रहमा पृथ्वीको एक तिहाइ जति गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशतमात्र छ। दिउँसो मंगल ग्रहले पृथ्वीमा आउने सूर्यको तापभन्दा आधामात्र ताप पाउँछ राति भने यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ। जुन तापक्रमले सुरक्षा कवज नभएका इलेक्ट्रिक सामानलाई खराब बनाइदिन सक्छ।
नासाका वैज्ञानिकहरूले इन्जेन्युटीको उडानसँगै रोभरको सुरक्षाबिना उसले मंगल ग्रहको सतहमा बिताउने रात पनि निकै चुनौतीपूर्ण हुने बताएका थिए। तर रोभरबाट निस्किएको कैयौं दिनसम्म पनि इन्जेन्युटी सतहमा बाँचेको थियो।
उडानअघि इन्जेन्युटीलाई १०/१० मिटरको एयरफिल्डको बीचमा राखिएको थियो। अर्को ग्रहमा पहिलो पटक यस्तो उडान गर्न लागेका वैज्ञानिकहरूलाई यो प्रक्रिया पछाडि फर्किने विकल्प थिएन। रोभरबाट हेलिकप्टर मंगल ग्रहको सतहमा छोड्न नै ६ दिन ४ घन्टा लागेको थियो।
पहिलो उडान सफल भएपछि वैज्ञानिकहरूले मंगल ग्रहमा अरू पनि उडान गर्नेछन्।
Witness the historic moment in full. The Mastcam-Z cameras on @NASAPersevere show us the takeoff, hovering and landing of the #MarsHelicopter. pic.twitter.com/ypdIWmC4D1
— NASA JPL (@NASAJPL) April 19, 2021
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]