देश पोष्ट /काठमाण्डौं । नागरिक अवज्ञा आन्दोलनमा लागेको भन्दै म्यानमारको सैनिक सरकारले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरूलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।
म्यानमार टिचर्स फेडेरेसनका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सेनाले सत्ता हत्याएकोे विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकाले उनीहरूले तत्काललाई जागिर गुमाउनु परेको बताएको छ । म्यानमारका विद्यालयमा चार लाख ३० हजार शिक्षक रहेको तथ्यांक छ ।
टिचर्स फेडेरेसनका एक अधिकारीका अनुसार नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिकामात्र हा सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ ।
सेनाले सत्ता लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छोडेर नागरिक अवज्ञा आन्दोलनमा लागेका थिए ।
जुनबाट सुरू हुने म्यानमारको नयाँ शैक्षिक सत्रका लागि अर्को सातादेखि भर्ना सुरू हुँदैछ । तर केही अभिभावकहरूले आफ्ना सन्तानलाई विद्यालय नपठाउने तयारी गरेका छन् ।
सैनिक शासनविरोधी प्रदर्शनको अग्रमोर्चामा रहेका विद्यार्थीहरूले पनि नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने तयारी गरिरहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]