देश पोष्ट /काठमाण्डौ । आर्थिक वर्ष २०७८/०७९ को बजेटले निजी क्षेत्रको धेरैजसो मागहरु सम्बोधन गरेको भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बताउनु भएको छ ।
उद्योगी व्यवसायीको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको अध्यक्ष गोल्छाको भनाई रहेको छ ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताउनुभयो ।
खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको भन्दै उहाँले लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरुको माग सम्बोधन भएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]