• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 09, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / प्रबिधि

के गरे त ? सञ्चारमन्त्री गुरुङले आफ्नो कार्यकालमा ?

२२ जेष्ठ २०७८, शनिबार ११:४१ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १५ मिनेट
देश पोस्ट
  • ९५३ पटक पढिएको
  • देश पोष्ट /काठमाडौं । सरकारमा रहने प्राय मन्त्रीहरु बिभिन्न किसीमका बिबादम फसेर निस्कन्छन् तर सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ भने निर्विवादरुपमा हिजो बिदा भएकाछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेसँगै सञ्चार मन्त्रालयमा ८ महिना नेतृत्व गरेका मन्त्री गुरुङले सञ्चार क्षेत्रमा के गरे त ? मन्त्री गुरुङको पालामा भएको काम एकपछी अर्को राम्रो भएको आम नागरिकहरुको भनाई रहेको छ ।

    समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि अंग्रेजी च्यानल ‘एनटिभि वर्ल्ड’ः
    नेपालको आफ्नो गौरवका पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित एनटिभी वर्ल्ड च्यानलको प्ररारम्भ गरिएको छ । अतः अन्तर्राष्ट्रिय समुदायसँग विभिन्न आन्तरिक एवम् बाह्य विषयमा नेपालको आधिकारिक धारणा स्पष्ट गर्नका यो अंग्रेजी च्यानलको मुख्य उद्देश्य हुनेछ । एनटिभी च्यानलनेपालको राष्ट्रियतामाथि विदेशी सञ्चार माध्यमबाट हुने अस्वभाविक प्रभावलाई न्यूनिकरण गर्नेछ ।

    नेपालको राष्ट्रियता, कुटनीतिक नीति आधिकारिक भनाईहरु विश्व समक्ष पुर्याउन एनटिभीको मुख्य भूमिका रहने छ । नेपालको संस्कृति एवम् पर्यटन प्रवर्द्धन गर्दै संसारका नेपाली सफ्टपावर प्रवर्द्धनका लागि एनटिभी वर्ल्डको मुख्य भूमिका रहनेछ । अन्तर्राष्ट्रिय गुणस्तरको विषयवस्तु र उच्चतम आधुनिक प्रविधिबाट कन्टेन्ट सामग्रीहरु यस च्यानलबाट प्रशारण गरिनेछ । नेपाल सम्बन्धि न्यू मिडिया तथा विभिन्न माध्यमबाट हुने र भइरहेका गलत समाचारलाई न्यूनिकरण गरी सही, सत्य समाचार प्रवाह गरिने छ ।

    १. पत्रकार परिचयपत्रः
    सूचना तथा प्रशारण विभागबाट जारी गरिने पत्रकार परिचयपत्रलाई पत्रकारहरुबीच महत्वपूर्ण मानिन्छ । पत्रकारले विभागबाट परिचयपत्र प्राप्त गर्न निकै झनझटहरु बेहोरिरहेको गुनासाहरु आएपछि मैले त्यसबारेमा जानकारी लिएँ । जेठ १९ गतेसम्म २७ हजार ९७४ पत्रकार परिचयपत्र जारी भएका छन् । यो वर्ष १ हजार ५८५ नयाँ परिचयपत्र वितरण भएको छ । हालसम्म २ हजार १२८ जनाको नवीकरण भएको छ ।

    परिचयपत्र प्राप्त गर्न र नवीकरण गर्न देशभरका पत्रकारहरुले परिचयपत्रका लागि विभाग नै धाउनुपर्ने वाध्यात्मक व्यवस्थाको अन्त्य गरिएको छ । परिचयपत्रका लागु आवेदन गर्न, नवीकरण गर्न र प्राप्त गर्न अनलाइन र हुलाक कार्यालयहरुबाटै हुने व्यवस्था गरिएको छ ।

    २. पत्रकारलाई निःशुल्क उपचारः
    नेपाल पत्रकार महासंघका सदस्य र सूचना तथा प्रशारण विभागबाट प्राप्त परिचयपत्रका आधारमा २०७८ साउन १ गतेदेखि लागु हुनेगरी देशभरका सबै सरकारी अस्पतालहरुमा निःशुल्क उपचार सुविधा मिलाइएको छ । उक्त कुरालाई बजेटमा समावेश भएकाले सहज कर्यान्वयनका लागि नीति बनाइने छ ।

    ३. पत्रकारलाई दुर्घटना बीमाः
    श्रमजीवि पत्रकारको लागि रु ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । उक्त कुरालाई बजेटमा समावेश भएकाले सहज कर्यान्वयनका लागि नीति बनाइने छ ।

    ४. कोभिड–१९ प्रभावित पत्रकारका लागि लेखनवृत्ति
    कोभिड–१९ का कारण रोजगार गुमेका पत्रकारका लागि लेखनवृत्ति र सञ्चारगृहका लागि पुनरकर्जा तथा व्यवसायीक निरन्तरता कर्जा सुविधा दिइने छ । उक्त सुविधामध्ये लेखनवृत्तिका सम्बन्धमा कार्ययोजना र नीति बनाइ लागु गरिने छ ।

    ५. पत्रकार कल्याणकारी कोष वृद्धि
    सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई सीघ्र कार्यान्वयन गरिने छ । निजी क्षेत्रबाट समेत विज्ञापनवापत प्राप्त आम्दानीको १० प्रतिशत रकम कोषमा जम्मा गर्न प्रोत्साहित गरिने र तीन महिनाभित्र तर्जुमा गरी कार्यान्वयमा ल्याउने छ । कोषको रकमबाट पत्रकारहरुका लागि लोककल्याणकारी योजना ल्याइने छ ।

    ६. आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना
    पत्रकारहरुका दक्षता, क्षमता वृद्धि गर्न र पत्रकारिताको सीप परीक्षण गर्न आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने छ । कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उतीर्णको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेहरुका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आमसञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०७८ अर्थ मन्त्रालयमा पठाइएको छ । यस क्षेत्रका विज्ञहरुका रायसल्लाह बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन मेरो पहल रहिरहने छ ।

    ७. प्रेस संग्रालय
    नेपाली पत्रकारिताको इतिहासलाई संरक्षण, सम्वर्द्भन र आम समुदायमा दृष्यावलोकन गर्न, अध्यान अनुसन्धानका लागि प्रेस संग्रालयको स्थापना गरिने छ । नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न संग्रालयका लागि बजेटमा व्यवस्था गरिएकालै तत्कालै सुरु गरिने छ ।

    ८. अनलाइनलाई सरकारी विज्ञापन
    सरकारी विज्ञापनमा अनलाइनलाई पनि न्यायपूर्ण पहुँचको सुनिश्चिता गरिएको छ । आउने आर्थिक वर्षदेखि सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनलाई पहुँच सुनिश्चिता गरिएको छ ।

    ९. पत्रकारलाई खोपमा प्राथमिकता
    कोभिड–१९ को महामारीबाट जोगाउन नेपाल पत्रकार महासंघमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य गरिएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीमा खोप लगाइसकेकाले पत्रकारहरुलाई कम क्षति पुगेको अवस्था छ ।

    १०. महासंघको निर्माणाधिन भवनलाई बजेट
    नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनका लागि यस वर्षको बजेटमा व्यवस्था गरिएको छ । पत्रकार महासंघको संस्थागत विकासका लागि निरन्तर सहयोग जारी रहनेछ ।

    ११. इन्टरनेट अत्यावश्यक सेवा
    इन्टरनेट सेवा सञ्जाल अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ । कुनै पनि परिस्थितिमा अवरुद्ध गर्न नहुने सूचीमा समावेश भएपछि इन्टरनेट सेवा अवरुद्ध गर्न पाइने छ ।

    १२. निशुल्क इन्टरनेट
    देशभरका स्थानीय तह, वडा कार्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय, सामुदायिक क्याम्पसहरुमा फाइबर लाइनसहितको दुई वर्षका लागि निशुल्क व्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराइने कार्य प्रारम्भ गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा अगाडि बढ्ने यो कार्यक्रम, स्थानीय तहसँगको सम्झौता धमाधम भइरहेको छ । यस कार्यको प्रारम्भसँगै दुई वर्षभित्र देशभर फाइबर लाइन बिछ्याइ सूचना महामार्ग निर्माण सम्पन्न गरिने छ ।

    १३. डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एप
    सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनलाई व्यापक बनाइने छ । डिजिटल प्रविधिको उपयोग गरी सार्वजनिक सेवामा आम नागरिकको सरल र सहज पहुँच विस्तार गरिने छ ।

    सरकारी सेवाहरुलाई मोबाइलबाट एकिकृतरुपमा उपलब्ध गराउन नागरिक एपलाई सहज, सरल र नागरिक एपलाई अझ व्यवस्थित बनाइने छ । पेपरलेस, फेसलेस र लाइन हैन अनलाइनबाट सरकारी सेवा उपलब्ध गराउने अवधारणाअनुप नागरिक एपमा उपलब्ध हुने सेवाको दायरा बढाउदै लगिने गरी कार्य भइरहेको छ ।

    १४. दूरसञ्चार सेवा सुधार
    दूरसञ्चार सेवाको गुणस्तर सुधार गरिने छ । राष्ट्रिय साइबर सुरक्षा मजबुत बानाइँदै लाने नीतिलाई प्राभकारी बनाइएको छ । सबै स्थानीय तहमा फोर जी सेवा सेवा सञ्चालन गरिने कार्य प्रारम्भ भइसकेको छ ।

    १५. मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम
    मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम सञ्चान गरी मोबाइलबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्न साउन १ गतेदेखि लागु हुनेगरी सञ्चालनमा ल्याइने छ ।

    १६. विज्ञापन बोर्डको कार्यालय स्थापना
    नेपाली विज्ञापन बजारलाई व्यवस्थति गर्न, नियमन गर्न र समानुपातिक र न्यायपूर्ण ढंगले विज्ञापन उपलब्ध गराउन विज्ञापन बोर्डको गठन गरी कार्यालय सञ्चालन भइसेकेको छ ।

    १७. क्लिनफिड
    स्वदेशी उत्पादन र पूँजि निर्माणलाई फाइदा पुग्नेगरी विदेशी विज्ञपनहरुलाई नियमन र नियन्त्र गर्न क्लिनफिडको पूर्ण लागु गरिएको छ ।

    १८. गुगल प्लस कोड लागु
    “प्रविधि मैत्री हुलाक सेवा” को एउटा महत्वपूर्ण निर्णय अन्तर्गत हुलाक वस्तुलाई छिटो सम्बन्धित स्थानमा पुर्याउन र हुलाक सेवालाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा गुगल प्लस कोड ठेगाना लागु गरएिको छ ।

    १९. नेपालको आफ्नै भू–उपग्रह
    राष्ट्रिय डाटा सुरक्षा गर्न नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि च्इक्ष् सम्पन्न भई च्ँए को प्रकृयामा रहेको छ ।

    २०. National Payment Get way स्थापना गर्ने
    सरकारी एपबाट भुक्तानी प्रकृयालाई सहज, सरल वनाउनका लागि ल्बतष्यलब िएबथmभलत न्भतधबथ कार्यान्वयनको प्रकृया अन्तिम चरणमा पुगेको छ ।

    २१. 5G प्रविधिको परिक्षण गर्ने
    दूरसञ्चार क्षेत्रको नविनतम् प्रविधिमा नेपाललाई विश्वसँगै अगाडि बढाउने पहलसँगै छन् प्रविधिको परीक्षण गरिनेछ ।

    २२. एकीकृत कार्यालय ब्यबस्थापन प्रणाली लागु गर्ने
    एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको विकास भइरहेको तथा लागु गर्ने चरणमा रहेको ।

    २३. स्थानीय तहको एकीकृत मोबाइल एप
    स्थानीय तहको लागि आवश्यक एकीकृत मोबाइल एप प्रणालीको विकास भइरहेको छ । यस एकीकृत मोबाइल एपमार्फत् स्थानीय निकायको लागि आवश्यक डिजिटल भुक्तानी पनिसमावेश हुने छ तथा नागरिक एपमा पनि अन्तरआबद्ध हुने छ ।

    २४. अफिस अटोमेसन सिस्टम (दर्ता चलानी) को प्रयोग
    प्रधानमन्त्री कार्यालयबाट हस्तान्तरण भई सुचना प्रविधि विभागले सञ्चालन गरिरहेकोमा अफिस अटोमेसन अन्तर्गतको दर्ता चलानी बिभिन्न सरकारी निकायमा प्रयोग भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Pin Up Model Images Free Download on Freepi

    खोटाङको नर्पामा रहेको भुलभुले देउधाम र झाँक्री गुफाको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Grannydating Assessment, Updated 2023

    लालुपाते सहकारी प्रकरणमा चारजना पुर्पक्षको लागि कारागार चलान ।

    ????Pink Cupid Evaluation 2023 – All You Have To Know About Any Of It! ????

    Mostbet Мостбет официальный сайт рабочее зеркало MosBet Бонус до 25 00

    Make the most of granny hook up: unlock your prospective now

    कविता – कर्मचारी

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑