एजेन्सी
नयाँदिल्ली
देश पोष्ट /काठमाण्डौं । भारतमा अप्रिल ४ यताकै सबैभन्दा कम कोरोना संक्रमित थपिएकाछन् । गत आइतबार पछिल्लो दुई महिनायताकै सबैभन्दा कम कोरोना भाइरसका संक्रमित थपिएको छन्।
हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारत भर १ लाख १ हजार २ सय २३ जना संक्रमित थपिएका छन् भने २ हजार ४ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् । मृतकको संख्या अप्रिल २२ पछि पहिलो पटक २५ सयभन्दा तल झरेको हो।
कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला चार सातादेखि देशभरि नै संक्रमण ओह्रालो लागिरहेको छ।
एक महिनाअघि मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा अहिले नयाँ संक्रमितसँगै परीक्षण गरिएकालाई कोरोना पोजेटिभ हुने दर पनि घटेको छ।
कोरोनाका नयाँ संक्रमित कम हुँदै गएपछि विभिन्न राज्यहरूले जारी गरेका प्रतिबन्धहरू खुकुलो बनाउन थालेका छन्। भारतमा अहिलेसम्म २ करोड ८९ लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ४९ हजारले ज्यान गुमाएका छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]