देश पोष्ट/ खोटाङ । कोरोना भाइरस कोभिड १९ को महामारी बाट बच्न खोटेहाङ गाँउपालिकाले आगामी आ.व.२०७८/७९ को नीति तथा कार्यक्रमको लागि इमेल,म्यासेन्जर एबं बिद्युतिय उपकरणको माध्यमबाट योजना माग गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहरले जिल्लामा संक्रमितको दर बढीरहेका कारण सो को न्युनिकरण एबं पालिकाको बार्षिक कार्यक्रम निश्चित समयमै सक्नु पर्ने भएकाले भिडभाड हुन बाट बचाँउन नीती तथा कार्यक्रमको लागि योजना माग एबं सुझाब संकलन बिद्युतिय माध्यम बाटै गर्न लागिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनु भएकको छ ।
पालिकाले २५ जेठमा जारी गरेको सूचनामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट तयारीका लागि रचनात्मक सुझाव तथा परामर्श दिनका लागि पालिकाबासी नागरिक समाज, राजनीतिक दल, गैरसरकारी संस्था, संघ–संस्था, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, महिला, जनजाति, दलित, अपांग, अल्पसंख्यक, खेलाडी, व्यवसायीलगायतलाई बिद्युतिय माध्यमबाट दिन आग्रह गरिएको छ ।
खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नवौं गाउँसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम र वार्षिक बजेट समीक्षा तयारीका लागि चालू आर्थिक वर्ष सम्पादित महत्त्वपूर्ण कार्यको बुँदागत विवरण एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त सुझाव ३१ जेठभित्र पेस गर्न शाखा प्रमुख र वडा सचिवलाई पनि २४ जेठमा पत्राचार गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]