देश पोष्ट/ काठमाडौं । अमेरीकाले पर्यटकहरुलाई समेत कोरोना बिरुद्वको खोप लगाउन थालेपछी खोप लगाउनकै लागि बिश्वका धेरै मुलुकका नागरिकहरु अमेरिका जान तयार भएकाछन् ।
नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरुको भनाई रहेको छ । लकडाउनकै अवधिमा पनि चार्टर्ड फ्लाइटबाट दुई सातायता कतार र टर्किस एयरवेजमार्फत पनि अमेरिका गइरहेका छन् ।
‘पाँच वर्षे मल्टिपल इन्ट्री भिसा लिएर बसेका व्यवसायी, अमेरिकामा छोराछोरी भएका बाबुआमाहरु खोप लगाउनकै लागि अमेरिका गइरहेका छन् । टिकट किन्ने धेरै यात्रुको उद्देश्य खोप लगाउनु नै भएको ट्राभल व्यवसायीहरुले बताएकाछन् ।
जुन महिनाको सुरुदेखि सरकारले कतार एयरवेज र टर्किस एयरलाइन्सलाई नियमित उडान भर्न अनुमति दिएपछि पर्यटक भिसा लिएकाहरु पनि खोप लगाउन अमेरिका जान थालेका हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]