देश पोष्ट /काठमाडौं । संसद बिघटनका बिरुद्ध गठबन्धन बनाएर सरकार निर्माणमा लागेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) बिच भेट बार्ता भएको दिपक मनाङ्गेले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक गर्नु भएको छ ।
नेकपा बाट टिकट लिएर चुनाव लडेका मनाङ्गेले गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको बिपक्षमा उभिएर नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन लागि पर्नु भएको थियो ।
मनाङ्गेले भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशमा प्रभावशाली मन्त्रालय मागिरहेको समाचार बाहिर आइरहेका छन् । मनाङे त्यसकै लविङका लागि प्रचण्डसँग भेट गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मनाङले प्रचण्डलाई खुमलटारस्थित उहाँकै निवासमा भेट गर्नु भएको फोटो सार्बजनिक गर्नु भएको थिायो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]