देश पोष्ट/ काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को महामारीले बिश्वलाईनै चुनौती दिइरहेका बेला बिश्वका गरीब मुलुकहरुले कोरोनाविरुद्धको खोप नपाउदा ठुलो जोखिम श्रृजना हुने अबस्था आएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
न्युन आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताउनुभएको बीबीसीले जनाएको छ । धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
कोभ्याक्स सुविधाको दुई अर्ब डोज खोप सन् २०२१ अर्थात यसै वर्षसम्म उपलब्ध गराउने लक्ष्य रहेको छ । यस्तै दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामफोसाले धनी देशहरुसँग खोप सहयोगको आग्रह गर्दै खोप उत्पादन केन्द्र बढाउन सुझाव दिनुभएको छ ।
अफ्रिकी महाद्वीपमा अहिलेसम्म जनसङ्ख्याको दुई प्रतिशत अर्थात ४ करोड नागरिकलाई मात्रै खोप दिइएको भन्दै राष्ट्रपति रामफोसाले अर्को लहरको जोखिम रहेको बताउनुभएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]