देश पोष्ट/ काठमाण्डौं । उत्तर कोरीयाका नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएको भन्दै नागरीकहरुले चिन्ता ब्यक्त गरेको कोरियाको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन्।
विदेशी विश्लेषकहरूले ३७ वर्षीय किमको स्वास्थ्यमा समस्या भएको हुन सक्ने बताइरहेका बेला उत्तर कोरियाको सरकारी टेलिभिजनमै उनको स्वास्थ्यबारे टिप्पणी भएको हो। सामान्य अवस्थामा उत्तर कोरियाका सञ्चारमाध्यमले किमको स्वास्थ्यबारे सामग्री प्रकाशन÷प्रसारण गर्दैनन्।
प्योङयाङका ती वासिन्दाले आफूहरूले किमको हालैको एउटा भिडिओ हेरेको र त्यसले आफूहरूलाई चिन्तित बनाएको बताएका छन्।
’आदरणीय महासचिव (किम जोङ उन) दुब्लाउँदै गएको देखेपछि हाम्रो मन निकै दुःखेको छ,’ उनले भनेका छन्,‘सबै जनाका आँखा भरिएका छन्।’
केही समयअघि वर्कर्स पार्टी अफ कोरियाको बैठकपछि किम र पार्टीका अन्य पदाधिकारी सहभागी एउटा कन्सर्टको भिडिओ प्योङयाङका सडकमा ठूला पर्दा राखेर देखाइएको थियो।
केही समयको अन्तरालपछि जुन महिनाको सुरूमा किम सरकारी मिडियामा देखिएपछि दक्षिण कोरियाको सउलस्थित एनके न्युजले उनले नाडी मसिनो भएको र पहिलाभन्दा घडी निकै कसेर बाँधेको विश्लेषण गरेको थियो।
तानाशाही तरिकाले उत्तर कोरियामा शासन चलाइरहेका किमबारे अन्तर्राष्ट्रियस्तरमा निकै चासो छ। अन्तर्राष्ट्रिय मिडिया, गुप्तचर र विश्लेषकहरूले उनको स्वास्थ्य नियालिरहेका हुन्छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]