देश पोष्ट का/ठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रणको अन्तिम अस्त्रको रुपमा कोभिड बिरुद्धको खोप भएकाले बिश्वभर नै खोपको ब्यबस्थापन गर्ने सन्दर्भमा भेनेजुएलामा पनि कोभिड बिरुद्धको खोप लगाउन शुरु गरिएको एजेन्सीले जनाएको छ ।
भेनेजुएलाको राजधानी काराकासमा सरकारी अधिकारीले व्यापक खोप अभियान शुरु गरेका हुन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको सिन्ह्वाले जनाएको छ ।
क्युबा र भेनेजुएलाबीच भएको एक करोड २० लाख डोज खोप सम्झौता अनुसार झण्डै ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनुपर्छ ।
पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला पुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले बताएका छन् । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने र यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको उत्पादक कम्पनीको दाबी रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]