देश पोष्ट /काठमाडौँ । क्यानडामा अत्याधिक गर्मी सहन नसकी ६० जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ ।
ज्यान गुमाउनेहरुमा क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा मानिसहरू रहेका छन् ।
ब्रिटिस कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ त्यसमा ज्येष्ठ नागरिकहरू धेरै रहेकाछन् ।
बिबिसीका अनुसार उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ। ब्रिटिस कोलम्बियास्थित लीटनमा तापक्रम आइतबार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो।
यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।
बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।
इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अल्बेर्टालाई चेतावनी सहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तर पश्चिमी भू–भागलाई पनि सूचना जारी गरिएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]