देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ जाल्पामा गस्तीमा रहेको प्रहरीमाथि चिरुवा दाउरा प्रहार गर्ने एक पक्राउ परेकाछन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत असोज २१ गते राती प्रहरी जवानलाई चिरपट दाउराले हानेर शख्त घाईते बनाएपछि फरार रहेका प्रतिवादी राईलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिनु भएको छ ।
ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका राईलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी जवानमाथि भेषबहादुर सहित चार जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]