देश पोष्ट /काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ बिरुद्धको को १० लाख डोज चीनबाट ल्याउने भनिको खोप ५५ बर्ष माथी उमेर समूहलाई प्राथमिकतामा राखिएको जानकारी प्राप्त भएको छ ।
उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ गएर २५ गते नै खोप लिएर नेपाल फर्कने तालिका रहेको छ ।
५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा.झलक गौतमको भनाई रहेको छ ।
यस्तै, अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत प्राथमिकताका आधारमा लगाइने छ ।
यसअघि पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीहरूले खोपको माग गरेका थिए। उनीहरूले सरकारले खोप उपलब्ध नगराए सेवा नै ठप्प पार्ने समेत चेतावनी दिएका थिए।
डा. गौतमले अब आउने खोप प्राथमिकतामा त्यस्ता जोखिमका क्षेत्रमा काम गर्ने कर्मचारीलाई राखिएको कुरा ब्यक्त गर्नु भएको छ ।
यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो। उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ।
सो खोप सुरूमा ६० देखि ६४ वर्षकालाई लगाउने भनिए पनि पछि खोप नपुग्ने देखिएपछि अन्तिम समयमा उमेर समूहलाई परिवर्तन गर्दै ६२ देखि ६४ बनाइएको थियो।
उक्त खोप सरकारले ’नन डिस्क्लोजर एग्रिमेन्ट’ मार्फत ल्याएकाले खोपको मूल्यलगायत धेरै कुरा खुलाइएको छैन।
सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ’नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र खोप दिने भनेपछि सोही अनुसार नेपालले पनि सहमति जनाएको हो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]