देश पोष्ट /काठमाण्डौं । कोरोनाका कारण विदेशमा आफुँले अध्ययन गरेकै विश्वविद्यालयबाट चिकित्सा शिक्षा स्नातक गरेका, इन्र्टनसिप गर्न नपाएका विद्यार्थीहरुले यस पटकको लागि नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको छ।
चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ।
अनलाइन आवेदन असार २४ देखि खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन प्रणाली आयोगको वेवसाइटमा रहेको सूचनामा छ।
स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ। साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]