देश पोष्ट/ काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा हालेको रिट उपर सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको आज गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ।
कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]