देश पोष्ट /काठमाण्डौं । भारतीय नागरिकलाई नागरिकतको सिफारिस गर्ने गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा सहति आठ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटले वडाध्यक्षसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले ३३ वर्षीय भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने जमिर मियाँ भएको भन्दै नागरिकता बनाउन सिफारिस गरेको आरोपमा, नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरूलाई पक्राउ गरेको छ।
गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सापकोटाले गत चैत १ गते पहिचान बिनै वंशजको आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी सिफारिस बनाइदिएको आरोप छ।
प्रहरीले नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढाएको छ। उनले अर्घाखाँचीबाट नागरिकता बनाएको खुलेको छ।
उनले देवन आफ्नै छोरा भएको र ममिता खातुन भन्ने आमाले सानैमा छाडेर गएको भन्दै झुठो विवरण पेश गरेका थिए।
नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए।
प्रहरीले पक्राउ परेका आरोपीहरुलाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]