देश पोष्ट /काठमाण्डौ । नेपालको पश्चिमी क्षेत्रमा अबको तिन दिन सम्म भारी बर्षा हुने र देशका अन्य भु भागमा समेत बर्षा हुने भएकोले सचेत रहन मौषमविदहरुले अनुरोध गरेकाछन् ।
लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाई रहेको छ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश–१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]